फेलिक्स इन्टनको बुटवलमा सेवा, अष्ट्रेलिया रोजगारीको सहजीकरण

मेचीकाली संवाददाता

१० फाल्गुन २०८०, बिहीबार
130 shares

बुटवल । फेलिक्स इन्टनले अध्ययनको लागि अष्ट्रेलिया गएर अफ्टयारोमा पर्ने विद्यार्थीहरूको आवश्यकता अनुसार राजगारीको सहजीकरण गरिदिने बताएका छ । फेलिक्स इन्टन एजुकेशन कन्सलटेन्सी प्रालिले आफू मातहत र अन्य जुनसुकै कन्सलटेन्सीमार्फत अष्टे«लियामा पुगेका विद्यार्थीहरू आवश्यक ‘जब प्रोभाइड’ गर्ने बताएको हो ।

फेलिक्स इन्टन, बुटवल शाखाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सिइओ नेत्रजंग पाण्डेले त्यहाँ पुगेर समस्यामा पर्ने हरेक विद्यार्थीहरूका अफ्टयारालाई आफ्नो संस्थाले सहजीकरण गर्ने बताए । पछिल्लो समय अध्ययनका लागि युरोपियन देश पुग्ने नेपाली विद्यार्थीहरुले कामको समस्यादेखि विभिन्न झन्झटहरु बेर्होदै आएका छन् । ‘हामीले अहिले अष्टे«लिया, युएसए, युके र क्यानडा गरी चार देशमा काम गरिरहेका छौं’ सिइओ पाण्डे भन्छन, ‘तर, हामीले जब प्रोभाइड अष्टे«लियामा मात्र गरेका छौं । हामीले काम सन् २०१८ देखि सुरु गरे पनि सन् २०१९ बाट सेवा दिन थालेका हौं । गत वर्षदेखि हामीले ए टु जेट काम गर्दै आएका छौं ।’ इन्टनले विद्यार्थी कृषि फर्मदेखि उद्योगसम्म जब को अवसर दिनेछ ।

फेलिक्स इन्टनविद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न सन् २०१६ देखि अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मद्दत गर्दै आएको छ । अष्ट्रेलियामा विशेष रूपमा आवास र कामको ग्यारेन्टी, विद्यार्थीहरूलाई उनीहरूको सम्बन्धित स्ट्रिममा पाठ्यक्रम अध्ययन गर्न मद्दत, वित्तीय कागजातको लागि उचित दिशानिर्देश, अन्तर्वार्ताको लागि तयारी, भिसा सफल बनाउनको लागि उनीहरूलाई हरेक सम्भावित तरिकामा मार्गदर्शन समेत गर्दै आएको बुटवल शाखा प्रबन्धक रोशन भुसालले बताए ।