बुटवल बैशाख ५,
तिलोतमा २ योगिकुटी मा अवस्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. ले तिलोतमा नगरपालीकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैया सहयोग गरेको छ ।
विश्वमा माहामारीमा रहेको कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचारको लागी नगरपालीकालाई सहयोग गर्ने उदेश्य बमोजिम सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त रकम नगरपालीका मेयर बासुदेव घिमिरेलाइ सहकारी तर्फबाट बेल प्रसाद शर्मा र टंक प्रसाद पौडेलले हस्तान्तरण गर्नु भएको थियो । उक्त अवसरमा सहकारी कर्मी लोकनाथ पाण्डे, होमप्रसाद सर्मा, मनिराम भट्टराइ, टेकबहादुर थापा एवं तोलाकान्त डुम्रेको उपस्थिती रहेको थियो । सहकारीले यस अगाडी पनि बिभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आईरहेको छ ।
उक्त सहकारी हालैमात्र दुइवटा सहकारी श्री जागृति बचत तथा ऋण सहकारी संस्था लि. तिलोतमा २ योगिकुटी, र हाम्रो सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. तिलोतमा २ योगिकुटी मर्ज भइ बनेको सहकारी हो । कार्यक्षेत्र तिलोतमा नगरपालीकापुरै रहेको सहकारीमा करीब १९०० सदश्य रहेका छन् ।
तिलोतमा नगरपालीकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा हाम्रो जागृती सगरमाथा सहकारीद्धारा ५१ हजार सहयोग ।
