तुलसी राम पौडेल
बुटवल ,बैशाख ५
बिश्वब्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर पनि छाक टार्न मुस्किल हुने अति विपन्न घरपरिवारको लागि पर्वतको कुश्मा नगरपालिकाले राहत वितरण कार्य शुरु गरेको छ। नगरपालिकाका वडाहरुबाट अति विपन्न घरधुरिको रूपमा सिफारिस भएका २७८४ घर धुरिका विपन्न घरपरिवारको लागि ६१०२० केजि चामल ,४५१३ केजि मसुरो दाल ,४४४३ लिटर खाने तेल,५१०० केजि नुन ,२७८४ वटा साबुन नगरपालिकाका वडा मार्फत वितरण जारी रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पङ्गेनिले जानकारी दिनुभयो।
राहत वितरण कार्यक्रम अन्तरगत एक देखि दुई सदस्य सम्म मात्र भएको घरपरिवारलाई १० केजि चामल ,१ केजि दाल, १ लिटर खाने तेल , १ केजि नुन र एक वटा हात धुने साबुन वितरण गरिएको थियो।
तिनदेखी चार सदस्य भएको घर परिवारलाइ २० केजि चामल , डेढ केजि दाल ,डेढ लिटर खानेतेल, २ केजि नुन ,१ वटा हात धुने साबुन वितरण गरिएको थियो।
परिवार सदस्य पाच देखि माथी भएको घर परिवारलाई ३० केजी चामल ,२केजि दाल,२ केजि नुन र एउटा साबुन वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी ध्रुव राज पौडेलले जानकारी दिनु भयो ।
अति विपन्नलाई राहत वितरण कार्यक्रम अन्तरगत
नगरपालिका वडा नम्बर १मा २६९ घर धुरी ,वाड नम्बर २ मा २२२ घर धुरी ,वाड नम्बर ३ मा २२७ घरधुरी ,वाड नम्बर ४ मा २८२ घर धुरी ,वाड नम्बर ५मा १४२ घर धुरी ,वाड नम्बर ६ मा १२१ घर धुरी ,वाड नम्बर ७ मा १८५ घर धुरी,वाड नम्बर ८मा १८० घर धुरी,वाड नम्बर ९ मा २४० घर धुरी ,वाड नम्बर १० मा २१८ घर धुरी ,वाड नम्बर ११ मा २४२ घर धुरी ,वाड नम्बर १२ मा २०१ घर धुरी , ,वाड नम्बर १३ मा ८४ घर धुरी, वाड नम्बर १४ मा १७१ घरधुरिका पिडित परिवार राहत कार्यक्रमबाट लाभान्वित हुने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो।