वैशाख ८ ,बुटवल,
तिलोत्तमा – ६, नयाँमिल अवस्थित डन चिल्ड्रेन्स् स्कुलले एसइइ तयारी गर्दै परीक्षाको पर्खाइमा बसेका विद्यार्थीहरुलाई अनलाइन कक्षा संचालन गरेको छ । कोराना भाइरसबाट सृजित विषम परिस्थितिका कारण घरमा बसिरहेका विद्यार्थीहरुको पढाइलाइ निरन्तरता दिनु पर्ने कुरालाई हृदयंगम गरी अनलाइन कक्षा संचालन गरेको विद्यालयका प्रधानाध्यापक श्री कृष्ण प्रसाद खनालले बताउनुभयो ।
विद्यालयले प्रभावकारी रुपमा संचालन गरेको अनलाइन कक्षाबाट पठनपाठन सहज भएको र विद्यार्थीहरु लाभान्वित भएको कुरालाई मध्यनजर गर्दै अहिलेको परिस्थितिमा अनलाइन कक्षालाई निरन्तरता दिइने कुरा विद्यालय स्रोतले जनायो ।