बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमणको कारण जारी गरिएको लकडाउनको फाईदा उठाउंदै उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी गर्न खोजिए हस्तक्ष्ँेप गर्ने बताएका छन् । बजारलाई उपभोक्तामैत्री बनाइने उनको भनाइ छ । बुटवलका विभिन्न संचारमाध्यमका सम्पादकहरुसंग छलफल गर्दै मुख्यमन्त्री पोखरेलले उत्पादकको उत्पादन खेर जान नदिन र उपभोक्तालाई अभाव हुन नदिने सरकारले आफ्ना मातहतका कार्यालयहरुलाई परिचालन गरिरहेको बताए । विपद् र अभावको फाईदा उठाउंदा सामान लुकाउने र कालोबजारी गर्न खोजिए सरकारले हस्तक्षेप गर्ने भन्दै मुख्यमन्त्री पोखरेलले ठूला गोदामहरुमा निगरानी बढाईएको जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रण र संभावित संक्रमितहरुको उपचारको तयारीका कामसंगै सरकारले गर्नुपर्ने नियमित कामहरु पनि सम्बन्धित मन्त्रालयहरुले जारी राखेको बताए । कोरोना नियन्त्रणमा सामाजिक विकास मन्त्रालयको बढि अग्रसरता भएपनि अन्य मन्त्रालयहरु बजेटको कार्यान्वयन र बजेट बनाउने काममा पनि सक्रिय रुपमा लागेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा अहिलेसम्म कोरोनाका संक्रमित फेला नपर्नु सुखद पक्ष रहेको बताउंदै यहि अवस्था कायम राखिराख्न बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले प्रदेशका प्रत्येक गाउंंपालिकाले न्यूनतम २५ बेड, नगरपालिकाले ५० र उपमहानगरपालिकाले एक सय बेड क्षमताका क्वारेन्टाईन निर्माण गर्न निर्देशन गरिएको र सोही अनुरुप काम पनि भइरहेको बताए ।
प्रदेशभरी हजा दुई सय बेड क्षमताका क्वारेन्टाईन निर्माण भएको मुख्यमन्त्रीले जनाए । उनले संक्रमण फैलिएको अवस्थामा चारवटा कोरोना विशेष अस्पताल निर्माण गरिएको र त्यहां भेन्टिलेटर सहितको आईसियूको समेत प्रबन्ध मिलाईएको जानकारी पनि जानकारी दिए ।