९ बैशाख (मेसस)
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीद आसपासका थप ८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। विराटनगरमा ल्याइएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संकमरण भेटिएको हो।
कोशी अस्पताल स्रोतका अनुसार उदयपुरका ६९ जनाको परिक्षणका क्रममा थप ८ जनामा पोजेटीभ देखिएको हो। यद्यपी स्वास्थ्य मन्त्रालयबाट यसको औपचारिक पुष्टी गर्न बाँकी छ।