तुलसी राम पौडेल
बुटवल ,बैशाख ९
बिश्वब्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर पनि छाक टार्न मुस्किल हुने अति विपन्न घरपरिवारलाई पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। गाउपालिकाले अति विपन्न ३०८५ घर धुरिलाइ राहत वितरण गरेको हो।
राहत वितरण कार्यक्रम अन्तरगत प्रत्येक घर धुरिलाइ १० केजी चामल ,१ केजि दाल,आधा लिटर खानेतेल ,१ केजि नुन ,२ वटा साबुन वितरण गरिएको गाउपालिका लेखा अधिकृत राजु सुवेदिले जानकारी दिनु भयो।
राहत वितरण कार्यक्रमबाट वडा नम्बर १ मा १८२ घर धुरी ,वडा नम्बर २ मा ३४३ घर धुरी, वडा नम्बर ३ मा २०८ घर धुरी, वडा नम्बर ४ मा ४७० घर धुरी, वडा नम्बर ५ मा ४५५ घर धुरी, वडा नम्बर ६ मा ४२५ घर धुरी, वडा नम्बर ७ मा २२० धुरी,वडा नम्बर ८ मा ४७२ र वडा नम्बर ९ मा ३१० घर धुरी लाभान्वित हुने सुचना प्रबिधि अधिकृत विजय पाण्डेले जानकारी दिनुभयो ।