प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८०, मंगलवार
83 shares

पार्वती आचार्य

कपिलवस्तु । नेपाल प्रहरी अस्पताल महाराजगंज तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेको आयोजना र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो अवसरमा बहालवाला प्रहरी कर्मचारी तथा पुर्व प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

प्रहरी कर्मचारीहरुको बिभिन्न रोगहरुको पहिचान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

शिविरमा वहालवाला १ सय १५ जना प्रहरी कर्मचारी र भुपु ३ जना प्रहरी कर्मचारी गरि जम्मा १ सय १८ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराई सेवा लिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उक्त कार्यक्रम कपिलवस्तु नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्राङगणमा फागुन १४ गते सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।