तुलसी राम पौडेल
बुटवल ,वैशाख १०
बिश्वब्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी रुपमा गुजारा चलाएका अती विपन्न घरपरिवारलाई पुर्व नवलपरासीको मध्यविन्दु नगरपालिकाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।नगरपालिकाका अति विपन्न २०८२ घरधुरिका ८११९ जना लाभान्वित हुने गरि नगर पालिकाले राहत वितरण सम्पन्न गरेको हो।नगर पालिकाले नगरपालिकाको राहत कार्यक्रम अन्तरगत
३२१७५ केजि चामल ,४४४० केजि दाल ,३०१३.५ लिटर खाने तेल, २१३२ पाकेट नुन ,४४९० वटा साबुन वितरण गरेको थियो ।
राहत कार्यक्रम अनुसार चार सदस्य सम्म भएको घर धुरिलाइ १५ केजि चामल ,२ केजी दाल , डेढ लिटर खानेतेल , १ पोका नुन ,२ वटा साबुन वितरण गरिएको थियो । ५ वटा वा ५ सदस्य भन्दा बढी सदस्य भएको घर धुरिलाइ २० केजि चामल ,३ केजि दाल ,२ लिटर खाने तेल, १ पोका नुन ,३ वटा साबुन वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रम बाट नगरपालिका वडा नम्बर १ मा २०६ घरधुरीका ७७१ जना, वडा नम्बर २ मा १८५ घरधुरीका ८२१ जना , वडा नम्बर ३ मा १०० घर धुरिका ३८९ जना ,वाड नम्बर ४ मा १४४ घर धुरिका ५२७ जना,वाड नम्बर ५ मा १४१ घर धुरिका ४६१ जना ,वाड नम्बर ६ मा ६० घर धुरिका २२१ जना ,वाड नम्बर ७ मा १४४ घर धुरिका ५०४ जना ,वाड नम्बर ८ मा १४३ घर धुरिका ४६२ जना ,वाड नम्बर ९ मा ५५ घर धुरिका १८६ जना ,वाड नम्बर १० मा १२५ घरधुरिका ४४५ जना ,वाड नम्बर ११ मा ११५ घर धुरिका ४४६ जना ,वाड नम्बर १२ मा २२९ घर धुरिका ११५२ जना ,वाड नम्बर १३ मा १०३ घर धुरिका ४०५ जना , वाड नम्बर १४ मा १११ घर धुरिका ५२३ जना ,वाड नम्बर १५ मा २२१ घर धुरिका ८०६ जना लाभान्वित भएको नगर पालिका प्रमुख चन्द्र बहादुर रानाले जानकारी दिनुभयो।