सन्धिखर्कमा फागुन १९ गते निःशुल्क स्वास्थ्य शिविर हुने

मेचीकाली संवाददाता

१७ फाल्गुन २०८०, बिहीबार
204 shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ शिविर हुने भएको छ । फागुन १९ गते नगरपालिकाको वडा नं २ बेलबाटीस्थित अर्घाखाँची आवासिय माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सन्धिखर्क नगरपालिका र सुशील कोइराला स्मृति प्रतिस्ठान काठमाडौंको आयोजनामा हुने निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले प्राविधिक सहयोग गर्ने भएको छ ।

अर्घाखाँची जिल्लाभरका बिरामीहरु शिविरमा आएर उपचार गर्न सक्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । बिहान १० बजेदेखि विरामी जाँच गरिने र दिउँसो ३ बजेसम्म नाम दर्ता गरेका बिरामीलाई सेवा दिने उनले बताए ।

शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हार्ड जोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक कान घाँटी रोग, आँखा रोग, दन्त रोग, मुटु रोग, ई।सि।जि, भिडियो एक्सरे, ल्याब सेवा, मुटुको जाँच लगायतका विशेषज्ञ सेवाहरु संचालन हुनेछन् । शिविरमा फार्मेसी सेवा पनि उपलब्ध हुनेछ ।