तुलसी राम पौडेल
बुटवल ,बैशाख १२
बिश्वब्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोक थाम नियन्त्रणको गुल्मीको रेसुङ्गा नगरपालिकाले विभिन्न गतिविधिलाई अगाडि बढाएको छ। नगरपालिकाले नगर भित्र विभिन्न ठाउमा गरि १५६ बेडको क्वारेन्टाइन र २० बेडको आइसोलेसन स्थापना गरेको छ। क्वारेन्टाइनमा २०६ जना बसेकामध्य हाल १ जना मात्र क्वारेन्टाइनमा रहेको नगर पालिका स्वास्थ प्रमुख बोम अर्यालले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेका ९७ जनालाई नगरपालिकाले उद्वार गरि विभिन्न समयमा गाडी मार्फत गन्तव्य स्थल मा पुर्याइएको थियोे ।बाकी अन्य जनालाई विभिन्न गाउपालिकासित समन्वय गरि गन्तव्य ठाउमा पुर्याइएको थियो ।
त्यसै गरि आइसोलेसनमा दुई जनालाई ज्वरो आएको कारणले राखिएको थियोे जसमध्ये एक जनालाई ५ दिनको उपचार पछि घर पठाइएको थियो भने अर्कोलाई ७ दिनको उपचार पछि घर पठाइएको थियो।
नगरपालिकाले नोबेल कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणको लागि नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय RRT गठन गरेको थियो ।त्यसै गरि वडा अध्यक्षको संयोजकत्वमा वडास्तरिय RRT गठन गरेको थियोे ।
नगरपालिकाले लकडाउन बाट प्रभावित नगरभित्रका अति विपन्न गरिब मजदुरहरुको लागि राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।