तुलसी राम पौडेल
बुटवल ,बैशाख १३
बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोनाको सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित अति विपन्न परिवारको लागि रुपन्देहीको मर्चवारी गाउपालिकाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउपालिकाले गाउपालिकाका अति विपन्न ८४४२ घरधुरिको लागि ४२२१० केजि आलु , १६८८४ केजि प्याज ,८४४२ केजि नुन ,८४४२ वटा साबुन गरि कुल नगद ३०,२२२३६ रुपैया बराबरको राहत वितरण गरेको छ। गाउपालिकाले प्रत्येक घर धुरिको लागि ५ केजि आलु, , २ केजि प्याज ,१ केजि नुन ,१ वटा साबुन वितरण गरेको छ।
राहत कार्यक्रम अन्तरगत गाउपालिकाले आलु प्रती केजि ४० रुपैयामा ,प्याज प्रती केजि ४६ रुपैयामा , नुन प्रती केजि २० रुपैयामा ,साबुन प्रती गोटा ४६ रूपमामा किनेर वितरण गरेको जनाएको छ।
राहत कार्यक्रमबाट गाउपालिकाको वडा नम्बर १ मा १५५९ घर धुरी, वडा नम्बर २ मा ११०० घर धुरी ,वाड नम्बर ३ मा १३३९ घर धुरी ,वाड नम्बर ४ मा १३७६ घर धुरी ,वाड नम्बर ५ मा १०१९ घर धुरी, वाड नम्बर ६ मा १२९७ घर धुरी, वाड नम्बर ७ मा ७८२ घर धुरिका परिवार लाभान्वित भएको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालिले जानकारी दिनुभयो।