शुद्दोधन गाउँपालिकाद्वारा आयोजित अन्तरपालिका स्तरीय कर्मचारी क्रिकेट कपको उपाधी कोटहीमाईलाई

मेचीकाली संवाददाता

१९ फाल्गुन २०८०, शनिबार
204 shares


तुलसीराम पौडेल –
रुपन्देही ,फाल्गुन १७

रुपन्देही स्थित शुद्धोधन गाउँपालिकाको आयोजनामा संचालित अन्तरपालिका स्तरीय कर्मचारी क्रिकेट कप २०८०को उपाधी कोटहीमाईले हात पारेको छ।स्वास्थ्य तथा एकताका लागि खेलकुदको मुल नाराका साथ प्रथम शुद्धोधन अन्तरपालिका स्तरीय कर्मचारी क्रीकेट कप २०८० को प्रतियोगिता अन्तरगत बिहीबार भएको फाइनल क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले ६ बिकेटले ओमसतिया गाउँपालिकालाई पराजित गर्दै बिजयी भएको हो ।
बिहीबार सम्पन्न भएको फाइनल प्रतियोगिता अन्तरगत ओमसतिया र कोटहीमाई गाउँपालिका बिच भएको प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले टाँस जितेर फिल्डिङ्ग रोजेको थियो । ओमसतिया गाउँपलिकाले पहिलो ब्याटिङ्ग गरी १६ ओभरमा ६ बिकेट गुमाई १ सय ५ रन बनाई कोटहीमाई गाउँपालिकालाई १०६ रनको लक्ष्य दिएको थियो । ओमसतिया गाउँपालिकाबाट शुरुवती ब्याटिङ्ग गर्न गएका बिरेन्द्र पासी र अमरजीत कोहारले क्रमसः २८ र २३ रन बनाएका थिए ।

त्यसै गरि कोटहीमाई गाउँपालिकाले उक्त लक्ष्यलाई पुरा गर्न १३ ओभर ५ बलमा ४ बिकेट गुमाएर ६ बिकेटले जीत हासिल गरेको खेल संयोजक मुकेश कुँवरले बताउनु भयो । बिजयी भएका कोटहीमाई गाउँपालिकाको तर्फ धर्मराज यादवले उक्त प्रतियोगिताको मैन अफ द मैचबाट सम्मानित भएका थिए । शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता,जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष उमाकान्त चपाईको प्रमुख आतिथ्यता, ,संविधानसभा सदस्य सोनिया यादव,गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल,कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी,ओमसतिया गाउँपालिका अध्यक्ष मंजित कुमार यादव,कोटहीमाई गाउँपालिका कार्यालय प्रमुख झविलाल भट्टराई,ओमसतिया गाउँपालिका कार्यालय प्रमुख बिपिन क्षेत्री लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कोटही गाउँपालिकाले
प्रथम पुरस्कार ५५ हजार ५ सय ५५को चेक प्राप्त गरेको थियो भने उपबिजेता भएको ओमसतिया गाउँपालिकाले ३३ हजार ३ सय ३३ रुपैयाको चेक प्राप्त गरेको थियो ।त्यसै गरि तृतीय स्थान ल्याउन सफल भएको देवदह नगरपालिकाले १५ हजार ५ सय ५५ रुपैयाको चेक प्राप्त गरेको थियोे । यस कपको बेस्ट बालर अवार्डबाट ओमसतिया गाउँपालिकका कप्तान मनोज यादवलाई नगद ५ हजार, मेडल सहित सम्मानित भएका छन् । यसैगरी बेस्ट बैटमैनको अवार्ड कोटहीमाई गाउँपालिकाको कप्तान कृष्ण यादव नगद ५ हजार ,मेडल, सहित सम्मानित भएका छन्।मैन अफ द सिरीज अवार्ड कोटहीमाईका खेलाडी रिजवान खाँन नगद ७ हजार ,मेडल सहित सम्मानित भएका छन् ।
। शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत रहेकोे कार्यकमको संचालन शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले गर्नुभएको थियो ।