तुलसी राम पौडेल
बुटवल ,बैशाख १६
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको गरिएको लकडाउनबाट प्रभावित गरिब मजदुरहरुको राहत तथा कोरोना भाइरस नियन्त्रणको लागि गरिने स्वास्थ व्यवस्थापनको लागि पश्चिम् नवलपरासीको सरावल गाउपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी बाहेक नगद १८७९१६१ रुपैया जम्मा भएको छ।
बिपद व्यवस्थापनको लागि गाउपालिकाले नगद १५००००० (पन्ध्र लाख) रुपैया विनियोजन गरेको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भयो।
नगद दिनेमा सहकारी सन्जाल सरावलबाट नगद १,०५,१०० ( एक लाख पाचहजार एक सय )रुपैया
, कोइका नेपाल ,गुड नेइबर्स र सहमतिबाट नगद ११५३५० (एक लाख पन्ध्र हजार तीन सय पचास ) रुपैया , इटा व्यावसायी संघ नवलपरासीबाट नगद ५१०००(एकाउन्न हजार ) रुपैया ,लक्ष्मी नारायण सहकारी सस्थाबाट नगद ५००००(पचास हजार) रुपैयाँ ,वडहरा दुवौलिया आय आर्जन सहकारीबाट नगद २५५००( पचिस हजार पाचसय ) रुपैया ,कुबेत सहकारी सस्था परासी बाट नगद २११००( एक्काईस हजार एक सय ) रुपैया , रामग्राम जेसिस भुमहिबाट नगद १११११ ( एघार हजार एक सय एघार ) रुपैया सहयोग राहत कोषलाई प्रदान गरेका थिए ।
त्यसै गरि जिन्सी प्रदान गर्नेमा मामा भान्जा गिटि बालुवा उद्योग बाट ३४५ केजि चामल ,२३ लिटर तेल, २३ किलो नुन सहयोग प्राप्त भएको थियो ।
नेपाली काङ्ग्रेस नवलपरासीकाबाट २५०० केजि चामल , ग्रीन तारा सस्थाबाट ७ थान पिपिइ , सुवास अग्रवाल परासिबाट ५ लिटर सेनिटाइजर,नेपाली काङ्ग्रेस नवलपरासीकाबाट १० सेट पिपिइ ,एबिसी नेपाल सरावलबाट १००० पिस साबुन ,१०० एम.एलको ४० वटा सेनिटाइजर,९५० वटा मास्क प्राप्त भएको थियोे ।त्यसै गरि सीता परियारबाट १६५० केजि चामल ,३०० केजि दाल ,७५ लिटर तेल,१५० केजि नुन ,१५० वटा साबुन ,१५० प्याकिट सोयाबिन र १०० एम एलको १५० वटा सेनिटाइजर प्राप्त भएको थियो ।किशोरी समुहबाट ६० केजि चामल ,९० किलो गहु CDM नेपालबाट २६२५ केजि चामल ,३५० केजि दाल ,३५० लिटर तेल,३५० केजि नुन सहयोग प्राप्त भएको थियोे ।त्यसै गरि उद्योग बाणिज्य संघ नेपाल परासिबाट १०००केजि चामल सहयोग प्राप्त भएको गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।