तुलसी राम पौडेल
बुटवल ,बैशाख १७
बिश्वब्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित अति विपन्न गरिव घरपरिवारको लागि राहत एव गाउपालिकामा महामारी रोग रोकथाम तथा नियन्त्रणको लागि गाउपालिकाले स्थापना गरिएको दैवी प्रकोप राहत कोषमा नगद ६८६३७२३ रुपैया र १, ३७००० बराबरको खाद्यान्न संकलन भएको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले जानकारी दिनुभयो।
गाउपालिकाले दैवी प्रकोप राहत कोषको लागि नगद ४५,८२९०० ( पैंतालीस लाख बयासी हजार नौसय ) रुपैया विनियोजन गरेको छ।
प्रदेश सरकारबाट राहत कोषको लागि नगद १००००००(दस लाख) रुपैया सहयोग प्राप्त भएको छ। गाउपालिका कर्मचारीबाट नगद ५४५३३२ ( पाच लाख पैंतालीस हजार तीन सय बत्तीस ) रुपैया ,अर्घाखाँची सिमेन्ट प्रालिबाट नगद २०००००( दुई लाख) रुपैया , सियारी प्याब्सनबाट नगद १०१११४(एक लाख एक हजार एक सय चौध ) रुपैया , नेपाली काङ्ग्रेस सियारी गाउपालिकाबाट नगद ५१०००(एकाउन्न हजार ) रुपैया , रिजाल कन्स्ट्रक्सबाट नगद ५०००० ( पचास हजार ) रुपैया ,जन उत्थान बचत तथा ॠण सहकारी सस्थाबाट नगद ५०००० ( पचास हजार ) रुपैयाँ , साधु बहुउद्देश्यीय सहकारी सस्थाबाट नगद ५००००(पचास हजार )रुपैयाँ , लुम्बिनी इटा व्यावसायी संघबाट नगद ३००००( तीस हजार ) रुपैयाँ ,अजय अधिकारीबाट नगद २५०००( पच्चीस हजार ) रुपैयाँ ,शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाबाट नगद २५००० ( पच्चीस हजार ) रुपैयाँ , टुगा आस्था बचत तथा ॠण सहकारी सस्थाबाट नगद २५०००(पच्चीस हजार ) रुपैयाँ , पदम कुमारी शाही बाट नगद २५५०० (पच्चीस हजार पाच सय ) रुपैयाँ ,पश्चिम् अमवा खानेपानी सस्थाबाट नगद १५०००( पन्ध्र हजार ) रुपैयाँ , नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघबाट नगद १५००० (पन्ध्र हजार )रुपैयाँ ,सगरमाथा माछा पालक कृषि समुहबाट नगद १११११(एघार हजार एक सय एघार ) रुपैयाँ ,रमेश यादवबाट नगद १११११ ( एघार हजार एक सय एघार ) रुपैयाँ ,अमवा छड सिमेन्ट केन्द्रबाट नगद १०५५५(दस हजार पाच सय पचपन्न ) रुपैयाँ ,महेन्द्र राज घिमिरेबाट नगद १००००(दस हजार ) रुपैया ,शुक बहादुर गुरुङ बाट नगद १०१०० ( दस हजार एक सय ) रुपैयाँ ,आधी खोला बित्तिय सस्था लिमिटेडबाट नगद १००००(दस हजार ) रुपैयाँ , भृकुटी कृषि तथा पशु विकास सहकारी सस्थाबाट नगद १००००(दस हजार ) रुपैयाँ सहयोग प्राप्त भएको थियोे ।
त्यसै गरि खाद्यान्न सहयोग अन्तरगत एन आइसी बैंकबाट पचास हजार रुपैया बराबरको खाद्यान्न सहयोग प्राप्त भएको थियोे ।त्यसै ध्रुव तारा युवा क्लबबाट तीस हजार बराबरको खाद्यान्न , तिनाउ मिसन डेभलपमेन्ट बैंक बाट तीस हजार बराबरको र दण्डपानी न्यौपाने बाट सत्ताइस हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको थियो ।