बुटवल, वैशाख १९ । प्रदेश पाँचमा पहिलो पटक दुई जनामा शुक्रबार कोरोना भाइरसका विरामी भेटिएका छन । । बाँकेका ६० वर्षका पुरुष र अर्का रुपन्देहीका २५ वर्षिया युवा रहेका छन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका ति २० वर्षे युवा यही बैशाख ५ गते भारतको दिल्लीबाट लुकिछिपी घर आएका थिए ।
भारतबाट आएको स्थानीयले थाहा पाएपछि उनलाई गाउँपालिकाले मर्चवारको क्वारेन्टाइनमा राखेको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, ‘हाम्रो गाउँपालिकासँग जोडिएको भारतको विभिन्न ठाउँमा कोरोनाका बिरामी भेटिएपछि हाम्रो गाउँपालिकाको सबै क्षेत्र शिल गरेका थियौं । ति युवा र्मचवारी गाउँपालिकाको सिमा क्षेत्रबार लिकेर गाउँ आएका रहेछन । उनलाई गाउँलेले खवर गरेपछि क्वारेन्टाइनमा राखिएको हो ।’ क्वारेन्टाइनमा रहेका ३१ जनामध्ये २० जनाको आरडिटीबाट जाँच गर्दा नेगेटिभ आएपछि घर पठाइएको थियो । भने बाँकी ११ जनाको पिसिआर जाँच गर्दा ति युवाको मात्र कोरोना पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । सिमा नाकामा उनलाई ति दाई पुगेका थिए । दुई भाई साइकलमा आए थिए । अहिले उनको दाई र परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।
युवाको अवस्था सामान्य छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विनोद गिरीले कोटहीमाईका ति संक्रमित युवा लकडाउनको समयमा लुकिछिपी नेपाल भित्रिएको जानकारी दिए । उनले भने, ‘अन्य सबै कुरा विस्तृत बुझदै छौ ।’ रुपन्देहीमा अहिले संक्रमित विरामी भेटिएसँगै त्रास बढेको छ । सीमा क्षेत्रमा १ हजार ससस्त्र प्रहरी परिचालन गरिएको बताइन पनि नेपाल भित्रिने क्रम रोकिएको छैन । युवालाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।