नेपाल एभरग्रीनको रजत महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८०, शुक्रबार
123 shares


तुलसीराम पौडेल
मोतिपुर । बुटवल उपमहानगरपालिका-१७ मोतिपुर स्थित नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुलले पच्चीसौ बार्षिक उत्सब तथा रजत महोत्सव सम्पन्न गरेको छ ! शैक्षिक तथा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस विद्यालयले माघ ६ गते नि शुल्क स्वास्थ शिबिर , फागुन ७ गते इन्द्र न्यौपानेको अध्यक्षतामा भु पु विद्यार्थीहरुको पुनर्मिलन ,फागुन १८ गते भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता , २१ गते रक्तदान कार्यक्रम ,२२ गते टोल बिकास स्तरिय हाजिरी जबाफ प्रतियोगिता २३ गते पुरस्कार बितरण कार्यक्रम र २४ गते मुल समारोहको कार्यक्रम सम्पन्न गरेको हो ।

मुल समारोहको कार्यक्रममा प्रमुख अतिथि तुलसी प्रसाद चौधरी , बिशिस्ट अतिथी बुटवल १७,१८ र १९ का वडा अध्यक्षहरु , बुटवल शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रतिनिधि कोपिला ज्ञवाली , अभिभावक महासङ्गका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष हेम थापा , प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा , उपाध्यक्ष कुलराज शर्मा , रेप्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा बस्याल ,मोतिपुर माविका प्रधानाध्यापक लक्ष्मण मरासिनी ,मदरल्याण्ड स्कुल प्रीन्सिपल मनिरत्न भन्डारी ,सहकारीका अध्यक्षहरु ,पेस्टा रुपन्देहीका अध्यक्ष इन्द्रबहादुर क्षेत्री ,पुर्ब शिक्षक मित्रलाल चापागाईं ,विद्यार्थी तथा बर्तमान शिक्षक यादब शर्माले लगाएतले शुभकामना मन्तव्य रहेकोे थियोे ।

कार्यक्रममा विद्यार्थीहरुको science exhibition , सास्कृतिक कार्यक्रम एवं जनचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो । त्यसै अवसरमा अभिभावक हाजिरी जबाफ प्रतियोगिता समेत सम्पन्न भएको थियो । विद्यालयका अध्यक्ष बालाकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कपिलमणी ढकालबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत रहेको थियोे ।विद्यालयका सह प्राचार्य बिष्णु अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन द्वय शिक्षक मुक्ति प्रसाद गैरे र कुशल पाण्डेले गरेका थिए ।