शिक्षाको अधिकारसम्बन्धि सचेतनामूलक सडक नाटक सम्पन्न

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८०, शुक्रबार
92 shares

सुनिल आचार्य
कपिलवस्तु । मायादेवी गाउँपालिका–१ स्थित छत्रपाली तिर्थादेवी माविमा शिक्षाको अधिकारसम्बन्धि सडक नाटक सम्पन्न भएको छ । विद्यालयमा गठन भएको बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायादेवीको आयोजना, मायाँदेवी गाउँपालिका वडा नम्बर १ को समन्वय तथा इन्सेकको सहयोगमा विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका हुन् ।

उक्त अवसरमा गरिवीका कारण शिक्षामा पारेको असरः विपन्न परिवारका वालवालिकाहरुले गुण स्तरीय शिक्षा नपाउनु, बिद्यालय जाँदा कपी र पेन्सील नहुँनु, शैक्षिक सामाग्री उपलब्ध नहुँदा राम्रो नतीजा नआउनु, पेटभरि खान नपाउँदा बिद्यालयमा वालवालिका बेहोस हुनु, राज्यले विपन्नका लागि सुविधाहरुको व्यवस्थापन गर्ने भनिएता पनि ग्रमिण क्षेत्रका वास्तविक लक्षित सम्म नपुग्नु लगायतको सन्देश मूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटकमार्फत शन्देस दिएका थिए ।

कार्यक्रमका मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मीले शिक्षा भनेको मानव जिवनको उज्यालो ज्योति भएको हुँदा शिक्षामा कोही पनि छुट्न नहुने बताइन् । शिक्षा धनि गरिव सबैका लागि बराबर भएको बताउँदै बाल अधिकार चेतना समूहले समाजमा घट्ने वास्तविक घटनालाई समेटेर सन्देश मूलक नाटक प्रस्तुत गरेको बताइन् ।
बिद्यालयका सहायक प्रधानाध्यापक बिजयकुमार चौधरीले इन्सेकले बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठन गरी बिद्यालय देखि समुदाय सम्म सचेतना मूलकका कार्यक्रम संचालन गर्न सहयोग पुराउँदै आएको बताए ।

यस्तै बाल संरक्षक शिक्षक ज्ञानेन्द्र कुमार चौधरीले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धिसँगै बिद्यालय र समूदायमा हुने बिभिन्न हिंसाहरुको सचेनता फैलाउन बालवालिकाहरुले सडक नाटक मार्फत अहंम भूमिका खेलेको बताए । बाल अधिकार चेतना समूहका अध्यक्ष राजकुमार धोवीले बिद्यालयबाट गाउँ समाजमा सम्म पुगेर सकारात्मक खाल्का सचेतना मूलक अभियानहरु संचालन गर्दै आएको बताए । साथै आगामी दिनमा पनि यस्ता अभियानहरु संचालन गर्ने प्रतिवद्धता जनाए ।

सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष धोवीको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूहका सदस्य दिलिप बरई, बिद्यालयका शिक्षक, बाल अधिकार चेतना समूहका सदस्य, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।