सिद्दार्थमा स्टुडेन्ट डे कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२८ फाल्गुन २०८०, सोमबार
114 shares


तुलसीराम पौडेल

फर्साटिकर । रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा ” स्टुडेन्ट डे २०८०” कार्यक्रम विविध कार्यक्रम सहित आइतबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य माननीय तुलसी प्रसाद चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा उहाले विद्यालयमा शिक्षा उत्पादनमुखि हुनुपर्ने बताउनु भयो ।
प्याब्सन केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेलले संस्थागत विद्यालयको राज्यको शैक्षिक गुणस्तर कायम गर्न महत्त्वपूर्ण योगदान हुदाहुदै पनि संस्थागत विद्यालय प्रति सरकार अन्धो भएर विभेद गरेको बताउनु भयो ।प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले विद्यार्थीको भविस्यको लागि अभिभावक बढि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका सल्लाहकार दामोदर भुसाल ,शुद्दोधन गाउँपालिका प्रवक्ता तथा वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारी ,फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलका प्राचार्य डिल्लीराम पौडेल ,कार्यक्रम संयोजक प्रकृति पाण्डे ( PSEBS leadership Batch 2080 president )
अभिभावक प्रेम रोका ,शुद्दोधन प्याब्सन अध्यक्ष झलक थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।स्टुडेन्ट डे २०८० कार्यक्रम अन्तरगत वर्षभरी सम्पन्न भएका विभिन्न प्रतियोगिताका उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ तथा अभिभावक खेलकुद प्रतियोगिताका उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार वितरण गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न साङ्गिगितिक कार्यक्रमहरु ,पेन्टिङ प्रदर्शनी ,कार्ड बोर्ड कला प्रदर्शनी र विज्ञान प्रदर्शनी गरिएको थियो । स्टुडेन्ट डे २०८० कार्यक्रम अवलोकन गर्नको लागि रेप्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा बस्याल ,यज्ञोदय क्याम्पसका अध्यक्ष रमेश खनाल ,बुटवल सिटि क्याम्पस LBU निमित्त क्याम्पस प्रमुख मोहन भण्डारी ,फर्साटिकर व्यापार संघका उपाध्यक्ष नवराज आचार्य ,रुपन्देही व्यापार संघका सदस्य तिलक आचार्य ,रेप्सा रुपन्देहीका प्रमुख सल्लाहकार केशव कंडेल ,फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल ,शंकर माविका प्रधानाध्यापक टंक पौडेल ,शुद्दोधन नागरिक समाजका उपाध्यक्ष कपिल अर्याल ,फर्साटिकर आमा समुहकी कोषाध्यक्ष रमा केसी ,लायन्स क्लब शुद्दोधनका अध्यक्ष रिषिराम आले ,शुद्दोधन इङलिस बोर्डिङका प्रीन्सिपल विशाल चौधरी ,नेको इन्स्योरेन्स शाखाका प्रबन्ध निर्देशक अर्जुन थापा क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,अभिभावकहरुको उपस्थिति रहेकोे थियोे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सालिकराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा psebs leadership batch २०७९ का अध्यक्ष सना चौधरीको स्वागत मन्तव्य रहेकोे थियोे ।
कार्यक्रमको संचालन विद्यार्थी द्वय सम्राट रोका र सोनिमा अधिकारीले गरेका थिए ।