सियोल, वैशाख २१ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो ।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए । जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो ।