सरोकारवालाहरुसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

३० फाल्गुन २०८०, बुधबार
368 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले सरोकारवालाहरु संग सुझाव संकलन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले आयोजना गरेको कार्यक्रममा आगामी वर्षको निति तथा कार्यक्रम एवं बजेट निर्माणका लागि सरोकारवालाहरु सङ्ग सुझाब सङ्कलन संकलन गरेको हो ।

कार्यक्रममा सहभागिहरु उद्योग व्यवसायीहरुले घरबाट निस्केपछि कर तिर्न सुरु गर्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन । राज्य एउटा भएपनि कर भने एउटै कामको लागि धेरै पटक तिर्नुपरेको भन्दै व्यवसायीहरुले गुनासो गरेका हुन ।

स्वदेशी उत्पादन हरेक वर्ष खेर गैरहदा पनि सरकारले विदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्दा व्यवसायी मारमा परिरहेको उनीहरुले बताएका छन् । सा अवसरमा व्यवसायीहरुले एकद्वार प्रणालीबाट कर तिर्न सकिने व्यवस्था ल्याउन समेत माग गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले व्यवसायीहरुलाई स्थापित गर्न महासंघ अनवरत रुपमा लागि रहेको बताए । अर्थतन्त्र सुधार गर्नका लागि महासंघ स्थापना भएदेखि नै निरन्तर रुपमा लागि रहेको बताए । पराजुलीले राष्ट्रिय बैंक , अर्थमन्त्रालय , राजश्व बिभाग , अनुसन्धान लगाएतका हरेक बिभागहरुमा साना , मझौला र मध्यम खालका व्यवसायीहरुका समस्या समाधानका लागि पछि नहट्ने बताए । देशको अर्थतन्त्र केहि व्यापारीको हातमा मात्र रहेको भन्दै अब सातै प्रदेशका व्यवसायी मिलेर त्यो जालो तोड्न आवश्यक रहेको बताए । व्यवसायबाट हरेक व्यक्ति आत्मनिर्भर हुन आजको आवश्यक भएको महासचिव पराजुलीले बताए ।

कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले आगामी वर्षको बजेट तथा निति कार्यक्रममा के कस्ता बिषयहरु समेट्दा उद्योग व्यवसायीहरुलाई राहात हुन्छ , व्यवसायीलाई स्थायीत्व प्रदान गर्न सकिन्छ र कसरी देशलाई औद्योगिककरणमा लैजान सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । आगामी नीती , कार्यक्रम , बजेट व्यवस्थित, उपयुक्त र व्यवहारिक बनाउनको लागि यस क्षेत्रका सम्बन्धित सम्पुर्ण पक्षलाई राखेर सुझाब सङ्कलन गरिएको हो ।

आत्मनिर्भर र अर्थतन्त्रको मुख्यपाटो उत्पादन र स्वरोजगार हो , त्यो कुरा बुझेका सिमित व्यवसायीकहरु घरनाहरुले उत्पादन र स्वरोजगारका लागि असहज परिस्थिती सिर्जना गरेर फाँटो पैदा गरी आफ्नो स्वार्थ सिद्ध गरिरहेको वर्तमान अवस्थामा हामी सबैको एकतावद्ध पहल हुन सके व्यवसायीक स्थायीत्व कायम गर्न सकिने अध्यक्ष पौडेलले बिश्वास व्यक्त गरे ।

यसैगरी खुला सिमानाका क्षेत्रका कारण भैरहेको अवैध सामानको बिगबिगी, भारत तथा तेस्रो मुलुकबाट व्यवसायीले सामान ल्याउदा कर लगायत विभिन्न बहानामा खेप्नु परेको समस्या, भारतिय मालबाहक सवारी साधन, स्थल मार्गबाट आउने पर्यटक माथि रहेका अफ्ठ्याराहरुलाई हटाउन उद्योग व्यापार संघ , कपिलवस्तुको माग तथा सुझाब रहेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष कुल चन्द्र सिग्देल, वैज्ञानिक वन व्यवस्थापन महासंघका वरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मी, औसधि व्यवसायी महासंघ कपिलवस्तुका उपाध्यक्ष गोपाल खनाल, फार्मेशी संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्मा, श्रीङ्घाट सामुदायिक वनकी सचिव सुस्मा खाँण, बाणगङ्गा ट्रक तथा यातायात व्यवसायी संघका अध्यक्ष लक्षमण भुसाल, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष बिष्णु पाण्डे, देबदह उद्योग ब्यापार संघका कार्यबाहक अध्यक्ष अमृत फुल्लेल, फोटो व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रामचन्द्र बेल्वासे , पुस्तक तथा स्टेशनरी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रन बहादुर क्षेत्री , कुटानी तथा पिसानी व्यवसायी संघका अध्यक्ष सालिकराम भुसाल लगायतले आ आफ्नो क्षेत्रका समस्या, गुनासा र सुझाबहरु राखेका थिए ।

कार्यक्रम संयोजक माधव भाट क्षेत्रीको अध्यक्ष्तामा उद्योग व्यापार संघ कपिलवस्तुका सल्लाकार रेवता पौडेलको स्वागत मन्तव्य तथा संघका महासचिव बासुदेव खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका सुझावहरुलाई समेटेर प्रतिबेदन तयार गरी सम्बन्धित निकायमा पेश गरिने उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ ।