बुटवल, बैशाख २१ । कसौधन सेवा समिति सिद्धार्थनगर रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । समितिले आइतबार नगर प्रमुख हरिप्रसाद अधिकारीलाइ नगद ३१ हजार रुपैँया सहयोग हस्तान्तरण गरेको संबिधान सभा सदस्य तथा कसौधन सेवा समिति रुपन्देहीका संरक्षक माननिय आदित्य नारायण कसौधनले जानकारी दिनुभयो ।
यतिबेला सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । सरकारको यो सत्प्रयासमा समितिले गरेको योगदान सराहनीय छ, नगर प्रमुख अधिकारीले भने । समितिले उक्त रकम राहत वितरण तथा संक्रमण रोकथाममा सदुपयोग गर्न आग्रह गरेको छ ।