सुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न माग

मेचीकाली संवाददाता

४ चैत्र २०८०, आईतवार
116 shares

बुटवल । मुलुक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका अग्रणी सहिद सुकदेव गुरूङलाई राष्ट्रिय सहिद घोषणा गर्नले राज्य ढिलाई गर्न नहुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सहिद सुकदेव गुरूङ, राष्ट्रिय कार्यदल नेपाल र तमू हयुला छोजधी गुरूङ राष्ट्रिय परिषद्ले आइतबार बुटवलमा आयोजना गरेको सहिद सुकदेव चोक घोषणा तथा सुकदेव गुरूङ सहिद घोषणाका लागि राष्ट्रिय जागरणद्वारा आयोजित सर्वपक्षी सर्वदलीय अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले वक्ताहरुले राज्यले तुरुन्त सहिद घोषणा गर्न माग गरे । देश परिवर्तन गर्दा सहादत प्राप्त गर्ने सुकदेव गुरुङलाई राजपत्रमा नाम सूचीकृत गर्दै राष्ट्रिय सहिदको रुपमा प्रकाशित गर्नुपर्ने माग कार्यदलको माग छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तथ्य र प्रमाणलाई बलियो बनाउदै सुकदेवलाई सहिद घोषणा गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए । उनले आफूले प्रदेशतहबाट सुकदेवलाई सहिद घोषणाको लागि गर्नसक्ने सहयोग गर्न तयार रहेको बताए । घर्तीले यसको लागि आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको दाबी गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश संयोजक नविन सुनारले जनजातिको भूमिकाको सरकारी सम्यन्त्रबाट मूल्यांकनमा नभएको गुनासो गरे । तमू हयुला छोजधी गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष धनबहादुर गुरूङले जंगबहादुर राणाले रक्तपातपूर्ण कोतपर्वबाट थालेको निंकुश शासनका विरुद्ध खडा भएका आदि विद्रोहीमध्ये सुकदेवलाई सहिद दर्ता तत्काल आवश्यक भएको बताए । आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश सचिव मनोज रानाले प्रथम सहिद लखन थापाको माग गर्दै निकै लामो समय आन्दोलित बन्नुपरेको बताउँदै लामो समय पछि घोषणा भएको स्मरण गरे । जनप्रतिनिधिहरु सत्तामा जादा सबै कुरा बिर्सने रोग लाग्ने आरोप लगाउँदै लुम्बिनी प्रदेशबाट यो आन्दोलन बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादव, प्रकाश राना, झपटबहादुर गुरुङ, झमबहादुर गुरुङ, मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दानबहादुर घर्ती मगर, सहिद सुकदेव राष्ट्रिय कार्यादल नेपालका अध्यक्ष धनबहादुर गुरुङ, आदिवासी जनजाती महासंघ रुपन्देही उपाध्यक्ष इन्द्र राई, तमू ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बिमला गुरुङलगायतले बोलेका थिए ।
((((((((((((((((((((((((((