बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै

मेचीकाली संवाददाता

५ चैत्र २०८०, सोमबार
94 shares

बुटवल । बिदेशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई लक्षित गरि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । खासगरी अष्टे«लिया, क्यानडा, अमेरीका, बेलायत लगाएतका बिश्वबिद्यालयमा अध्ययन गर्न जान चाहने युवा बिद्यार्थीहरुलाई शैक्षिक, आर्थिक लगाएतका परामर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

यसअघि क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर सम्पन्न गरि सकेको जानकारी गराउदै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलका प्रबन्ध निर्देशक रोशन कंडेलले कन्क्लेभको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएका छन् । प्रबन्ध निर्देशक कंडेलका अनुसार कन्क्लेभमा सहभागि हुने युवा बिद्यार्थीहरुका लागि विभिन्न उपहारहरुको समेत ब्यबस्था गरिएकोले कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट बुटवल शाखाले संचार माध्यम मार्फत आह्वान गरेको छ ।

पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, यु।एस।ए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको बताउदै प्रबन्ध निर्देशक कंडेलले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने पनि जानकारी गराएका छन् । कंडेलले भने– हामीले शैक्षिक, आर्थिक र अन्य भौतिक बिषयमा प्रष्टसँग जानकारी गराउँछौं । यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको अध्धयन बारेमा बुझाउनुका साथै विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।’

कंडेलका अनुसार कन्क्लेभमा उत्साहजनक सहभागि हुनेले विभिन्न उपहारहरु समेत पाउने भएका छन् । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।