सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सुनवलमा बिमा साक्षरता कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

५ चैत्र २०८०, सोमबार
513 shares

सुनवल । जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले सोमबार सुनवल नगरपालिका–१० हसनापुरमा स्थानियहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरीएको थियो । कम्पनीका एम.डि.आर.टि बिना गौतमले जीवन बिमाको महत्व र जीवन बीमाले मानविय जीवनमा प्रदान गर्ने फाईदाहरुको बारेमा जानकारी गराइन् । त्यसैगरी उनले कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई जानकारी गराइन् । कम्पनीले आफ्ना बिमितलाई स्वास्थ्य सुविधाअन्तर्गत ३५ प्रकारका घातक रोगविरुद्धको बिमाङ्क रकम प्रदान गर्दै आएको गौतमले बताइन् । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निर्माण गरी भविस्यमा लाभ लिन सकिने उनले बताइन् ।

कार्यक्रममा सुनवल नगरपालिका–१० का वडाध्यक्ष दिल बहादुर थापाले समाजमा हुने गरेको फजुल खर्चलाई न्यूनीकरण गरी बीमामा बचत गराई जिवनमा आई पर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए । सम्पुर्ण जनमानसमा जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । अखाद्य वस्तुको बढ्दो प्रयोग, बिभिन्न केमिकल र रङ मिसाएको खानेकुरा, जंग फुडको सेवनले गम्भिर स्वास्थ्य समस्या निम्ताइरहेको वडाध्यक्ष थापाको भनाई थियो । वडाले नागरीकको स्वास्थ्यलाई प्राथमीकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

त्यस्तै सुनवल शाखा प्रमुख विन्दु भण्डारीले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्ने बताइन् । जीवन बीमाको पहुँचलाई सामान्य नागरीकसम्म पु¥याउने उद्देश्यका साथ जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गरीएको उनले बताइन् । साथै सूर्यज्योति लाईफ इन्स्योरेन्सको जुनसुकै विमा योजनाहरु ढुक्क भएर बीमालेख खरिद गर्नसमेत आग्रह गरीन ।

कार्यक्रममा पूर्व वडा सदस्य धनेश्वर कवर, स्थानिय समाजसेबी थानेश्वर पाण्डे लगायतले बोल्दै आर्थिक अबस्था सामान्य भएका नागरीकलाई जीवन बिमा सहयोगी बन्ने बताए । सोही अवसरमा बीमा गरेको ५ महिनामै मस्तिष्कघात भएर उपचार गराइरहेका तिलबहादुर पुनलाई बीमा बापतको ८ लाख रुपैयाँ प्रदान गरीएको थियो । कार्यक्रममा बाल सञ्जाल संयोजक सुनिता पाण्डे, पूर्व अमिन कारी यादव, आमा समुहसँगै स्थानियको सहभागिता रहेको सुनवल शाखाका अपरेसन इन्चार्ज इन्द्र घर्ति मगरले जानकारी दिए ।