पोम पौडेल
नेपाल संसारभर बुद्धहरुको जन्म तथा कर्म भूमिको रुपमा परिचित छ । बुद्धकालमा हाल जस्तो देश, राज्य र राष्ट्र जस्ता शब्दावलीहरूको प्रयोग गरिदैनथ्यो । राष्ट्रको नाममा जनपद तथा महाजनपद भनिन्थ्यो । महाजनपद स्वतन्त्र राज्य मानिन्थ्यो भने महाजनपद अन्तरगत जनपद हुन्थ्यो । महाजनपदको क्षेत्र विशाल हुन्थ्यो भने जनपदहरूको क्षेत्रफल सानो हुन्थ्यो ।
ती महाजनपद तथा जनपदहरूमा रहेका राजाहरूले लोककल्याणकारी राज्यको वारेमा बुद्धवाट आवश्यक उपदेश लिएर शासन संचालन गर्दथे । बुद्धले देशना गर्दा जीवन र जगतको सदैव कल्याण हुने र मानिसको ब्यवहारिक जीवनमा काम लाग्ने कुराहरुलाई मात्रै देशना गर्नु हुन्थ्यो । विभिन्न राजाहरुलाई देशना गर्दा लोककल्याणकारी राज्यका लागि उपदेश प्रदान गर्नु हुन्थ्यो । यिनै बुद्धका देशनाहरुको संगालोको रुपमा त्रिपटकमा संग्रहीत रहेका छन् । यिनै देशनाका सुत्रहरुलाई आत्मसाथ गर्न सकिएमा देश र नागरिकलाई समृद्ध बनाउन योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
अगञ्ञ सुत्तमा लोक कल्याणकारी राज्य
बुद्ध श्रावस्ती स्थित पूूर्वाराममा हुनुहुन्थ्यो । त्यस बेला श्रावस्ती कोशल महाजनपदको राजधानी थियो । त्यसको पूर्वि क्षेत्रमा कपिलवस्तु जनपद पर्दथ्यो । बुद्ध पूर्वाराम विहारमा हुनुहुन्थ्यो । वाशिष्ट र भारद्वाज भिक्षु बन्ने इच्छाले बुद्धवाट उपसम्पदा लिने उद्देश्यले बसिरहेका थिए । त्यसैवेला बुद्धले उनिहरूलाई प्रश्न गर्नु भयो । तिमीहरूलाई ब्राहमणहरूले उपहास गर्दैनन् ? उत्तर दिदै वाशिष्टले भने ब्राह्मणहरू मात्र श्रेष्ठ हुन् । अरु सबै बर्णहीन हुन् । ब्राह्मण मात्रै ब्रह्माको मुखवाट जन्मेका हुन् । अरु ब्रह्माका पैतालावाट जन्मेका हुन्, भनेर घृणा गर्दछन् । यति कुरा सुने पछि बुद्धले यस विषयमा स्पष्ट पार्नु भयो र भन्नु भयो,“ हे वाशिष्ट, ब्राहमणका पत्नीहरू रजस्वला भएका, गर्भिणी भएका, बच्चा जन्माएका छन् । दुध खुवाएका छन् र अरु जातीहरू पनि यहि नै गर्दछन् । कसरी ब्रह्माको मुखवाट जन्मे । उनिहरू ब्रह्मालाई झुटो आरोप लगाएका छन् र झुटाकुरा पनि गर्दछन् । यसरी जाती विभेद हुुनु हुदैन र सबैलाई समान ब्यवहार गर्नु पर्दछ । लोक कल्याणकारी राज्यका लागि समानता हुनु पर्दछ भन्ने अगञ्ञ सुत्रमा बुद्धले शिक्षा प्रदान गर्नु भएको छ ।
कुटदन्त सुत्रमा लोक कल्याणकारी राज्य
सुत्र पिटकको कुटदन्त सुत्रमा राज्यले पञ्चशील पालना गर्नु पर्ने कुरा उल्लेख गरीएका.छ । पंञ्चशीलको पालना नगर्ने शासकहरूले लोकको कल्याण गर्न सक्दैनन् भन्ने उपदेशमा आधारित रहेको छ । एक जना कुटदन्त नामक ब्राह्मण थिए । उनले सोह्र परिष्कार सहितको यज्ञ गर्न चाहन्थे । यसै विषयमा कुटदन्त ब्राह्मण बुद्धकाहाँ गए र सोह्र परिष्कार यज्ञ विधि सिकाई दिन अनुरोध गरे । यस सन्दर्भमा बुद्धले कुटदन्त ब्राह्मणलाई भन्नुहुन्छ,“पहिले महाधनी महाविजित राजा थिए । उसले संसार वियज गरी चीरकाल सम्म शासन गर्नेका लागि यज्ञ गर्ने विचार गयो । ब्राह्मणहरू वोलाई सो यज्ञको विधिका वारेमा परामर्श भयो । राजाको प्रतिउत्तरमा ब्राह्मणहरूले भने हे महाराज तपाईको राजय सीमा भित्र अशान्ति छ , राज्यधात गर्नेहरू छन्, गाउँमा चोरहरू छन् कतिपय गरिबहरू छन् । तिनीहरूवाट तपाईका नागरिकहरू तपाईवाट असन्तुष्ट छन् । यिनीहरूलाई सहि ब्यवस्थापन गर्न नसकिएमा तपाईलाई चीरकाल सम्म राज्य गर्न दिदैनन् । त्यसैले उनीहरूलाई कृषि तथा गोपालन गर्नका लागि प्रवन्ध गर्नुहोस । उनीहरूलाई वीज र भोजनको ब्यवस्थापन गर्नुस्, कसैले ब्यपार गर्न चान्छन् भने उनिहरूलाई पूजिंको प्रवन्ध गर्नुहोस् । राज पुरुषलाई जागीरको प्रवन्ध गरिदिनुस् । त्यस पछि उनिहरू आफ्ना काममा लाग्ने छन् । राज्य घात गर्दैनन्, कसैले कसैलाई पिडा दिदैनन् । मानिसले काखमा छोरा छोरीहरू खेलाउदछन्, घर खुल्ला राख्दछन् किनकी चोरी हुदैन । राजा महाविजितले त्यसै गरे र लामो समय सम्म राज गरे भन्ने प्रसंगको कथा सुनाउनु भयो । त्यसैले राजा शीलवान र नागरिक समस्यामा केन्द्रीत भयो भने लोक कल्याणकारी राज्यको स्थापना हुन्छ ।
चक्रबर्ति सिंहनाद सुत्रमा लोक कल्याणकारी राज्य
यस सुत्रमा राजाले पालन गर्नु पर्ने सप्त चक्ररत्नका वारेमा उपदेश प्रदान गरे पश्चात हिंसा, चोरी, ब्यभिचार र नशालु पदार्थ सेवन गर्न हुन्न, उचित भोजन गर्नु पर्छ भनि सन्देश दिदै न्यायलयमा स्थीर भएर रहे पछि राजाको अन्तपुर शोभायमान भयो भन्ने प्रशंग यस सुत्रमा उल्लेख गरिएको छ । यसले के कुराको स्पष्ट पार्दछ भने राजाले शीलहरुकोपालना गरेमा सहि न्याय दिन सक्छ । सहि न्याय दिनु भनेको लोक कल्याणकारी राज्यको स्थापना हो ।
त्यसै गरी लोक कल्याणकारी राज्यका सन्दर्भमा महोसथ जातक कथामा राजा बेठिक भए पनि कर्मचारीहरू र मन्त्रीहरू ठीक भए मुलुकको उन्नती र समृद्धिमा कुनै फरक नपर्ने शिक्षा दिईएको छ । त्यसै गरी शक्तिशाली मगध राज्यले बज्जी गणराज्यलाई जित्न सक्दैन भन्ने प्रशंगमा बुद्धले महामात्य वर्षकार ब्राह्मणलाई उपदेश दिनु भएको थियो । जसमा भनिएको छ, बज्जीहरू नित्य एककृत छन् । सभामा बज्जीहरू मेलमिलाप सहित भेला हुन्छन् । उनिहरूले नयाँ करहरू लगाएका छैनन् । करहरूलाई राज्य कल्याणमा मात्रै प्रयोग गरेका छन् । नियम कानूनहरूको पूर्ण पालना गरीरहेका छन् । कूल स्त्री तथा कुमारीहरूको संरक्षण गरेका छन् । बयोबृद्धहरूलाई सम्मान गरेका छन् । चैत्य स्थलहरूको सम्मान गरेका छन् । अरहन्तको संरक्षण गरेका छन् । यस्ता धर्महरूलाई बज्जीहरूले आत्मसाथ गरेकोले उनीहरूलाई मगधले जित्न नसकेको हो ।
अगुत्तर निकायको पञ्चक निपातमा उल्लेख भए अनुसार शुसानका लागि शासनको सुक्ष्मता, धर्मको सुक्ष्मता, मात्राको सुक्ष्मता, सभा मन्तब्यको सुक्ष्मता र अवसरको सुक्ष्मता आवश्यक पर्ने कुरा बुद्धले धर्मदेशनाका क्रममा उपदेश गर्नु भएको थियो । बुद्ध शिक्षाले लोक कल्याणकारी राज्य स्थापनाका लागि आर्थिक तथा सामाजिक पक्ष दुबैलाई महत्व दिएको पाईन्छ । गरिबी र सामाजिक विभेद नै लोक कल्याकारी राज्यका प्रमुख बाधकहरू हुन् । यसले देश र समाज दुबैलाई रोगी बनाउदछन् । त्यसैले बौद्ध शिक्षामा लोक कल्याणकारी राज्यका लागि निम्न बुदाँहरूमा ध्यान पु¥याउने कुरामा जोड दिईएको पाईन्छ ।
लैङ्गिक समानता
लोक कल्याण राज्यका लागि महिला तथा पुरुष बीचको विभेद महत्वपूर्ण अवरोध हो । त्यसैले महिला पुरुष प्रकृतिक हुन् । महिला र पुरुष बीचको असमानता समाजले श्रृजना गरेको हो । त्यसैले दुबैको भूमिका बरावर हुनु पर्ने कुरामा बौद्ध शिक्षाले जोड दिएको पाईन्छ । लोक कल्याणकारी राज्यका लागि लैङ्गिक समानता कायम गर्नका लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ ।
जातीगत समानता
लोक कल्याणकारी राज्यका लागि अर्को आधारभूत तत्वको रुपमा बौद्ध शिक्षाले जातीगत समानतालाई लिएको छ । बुद्धकालमा जातीगत विभेद ब्यापक रुपमा रहेको थियो । यसका लागि बुद्धले चाण्डालहरूको घरमा भिक्षाटन गर्ने गर्नु हुन्थ्यो र जातीगत समानताका पक्षपाती भएको प्रसंग थुप्रै बौद्ध ग्रन्थहरूमा पाउदछौ । जुनसुकै जातीका मानिस भए पनि जन्म, विद्या र आचरणमा कुनै फरक छैन भनी चर्चा गरेको पाईन्छ । जवसम्म जातीगत विभेद रहन्छ, त्यस राज्य लोक कल्याणकारी हुन सक्दैन भनी जोड दिएको पाईन्छ ।
वर्णगत समानता
बुद्धकालामा वर्णका आधारमा मानिसहरूलाई विभान गरीएको थियो । एक सेता वर्णका जाती र अर्का काला वर्णका जाती । सेतो वर्णका जातीहरू उपल्लो र काला जातीका मानिसहरू नीच जातीका भनेर विभेद गरिन्थ्यो । बुद्धले यसको कडा खण्डन गर्नु भएको छ मानिस रंगका आधारमा होईन उसको क्षमता र योइताको आधारमा हेर्नु पर्दछ भनी देशना गरेको पाईन्छ । वर्तमान अवस्थामा पनि यसको अवशेषहरू कायमै छ । त्यसैले लोक कल्याणकारी राज्यका लागि बाधक मानिएको हो ।
विद्यावानहरूको सम्मान
जुन देशमा विद्यावानहरूको सम्मान हुदैन त्यस देशको शासन लोक कल्याणकारी हुन सक्दैन । मानिसको सम्मान उसको क्षमता तथा गुणहरूको आधारमा हुनु पर्ने बौद्ध शिक्षाको जोड हो । बुद्धले विद्या र अविद्या गरी दुई वर्गमा विभाजन गर्नु भएको छ । लोभ, द्वैष र अहंकारी गुण भएको ब्यक्ति अविद्या भएको ब्यक्ति भएको र मैत्री, करुणा, र सामाजिकता युक्त चिन्तन विद्या हो भनी उल्लेख गरीएको छ । विद्यावान ब्यक्ति राज्य संचालनमा भूमिका भएमा मात्र लोक कल्याणकारी राज्यको निमार्ण सम्भव छ ।
धर्मको संरक्षण
लोक कल्याणकारी राज्यमा धर्मको संरक्षण तथा प्रवर्धन गरिन्छ । सजग, क्लेश मुक्त, जीवन सफल पार्दै जीवनलाई मुक्त पार्नु हो । धर्मले नै न्याय र अन्याय छुट्टाउदछ । समाजको प्रगति, शान्ति र समृद्धिका लागि धर्म रक्षा जरुरी हुने कुरा बौद्धशिक्षामा उल्लेख भएको पाईन्छ ।
आचरणको सम्मान
खराव आचरणको ब्यक्ति नीच हो भने असल आचरण भएको ब्यक्ति महान हो । समाजमा गलत आचरण भएका ब्यक्तिहरूको निन्दा हुने र असल आचरण भएका ब्यक्तिहरूको सम्मान हुने संस्कृति राज्यले स्थापित गर्नु पर्दछ र फलस्वरुप लोक कल्याणकारी राज्य निमार्णमा योगदान पुग्ने कुरा बौद्ध साहित्यहरूमा उल्लेख गरिएको पाईन्छ ।
आर्थिक समानता
लोककल्याणकारी राज्यको महत्वपूर्ण विशेषता मध्येको आर्थिक समानता हो । राज्यका सबै साधन तथा स्रोतहरूको पारदर्शि र प्रभावकारी वितरण प्रकृया आवश्यक पर्दछ । सबै नागरिक बीच आर्थिक समानता हुनु लोक कल्याणकारी हो । यही कुरालाई बौद्धशिक्षाले जोड दिएको छ ।
इमान्दारीताको कदर
राजनीतिमा इमान्दारीता महत्वपूर्ण पक्ष हो । राज्य सञ्चालनकर्ताहरूमा यदि इमान्दारिता भएन भने लोक कल्याणकारी राज्यको परिकल्पना गर्न सकिदैन । राजनैतिक घोषणाहरूमा नागरिक बीच एक कुरा गर्ने ब्यवहारमा त्यसको उल्टो देखियो भने कहिल्लै लोककल्याणकारी हुन सक्दैन । त्यसैले बुद्ध शिक्षाको महत्वपूर्ण पक्ष शीलहरूको पालना र सोको ब्यवहारिक प्रयोग हो । पञ्चशीलको पहिलो तत्व नै सत्य बचन हो ।
न्यायलयको गरिमा
कानूनको नजरमा सबै समान हुनु पर्दछ । कानूनको पालना नगर्ने ब्यक्तिले कानूनद्धारा सजाय पाउनु पर्दछ । गल्ती कस्ले गरेको हो भन्ने कुरा जान्नका लागि न्यायलयहरूको स्थापना राज्य गरेको हुन्छ । न्यायलयले दोषीको पहिचान गरि कानूनको आधारमा न्याय गर्नु पर्दछ । यसै प्रशंगमा बुद्ध कपिलवस्तु आएको वेला बुद्धकी अर्की आमा प्रजापति गौतमीले एउटा चीवर दान गर्न खोजेकी थिईन र बुद्धलाई उक्त चीवर लिन आग्रह गरिन तर बुद्धले चीवर लिन अस्विकार गरे । बुद्धले गौतमीलाई मलाई नदिई संघलाई दिन आग्रह गरे । गौतमीले जिद्दी गरिन । भिक्षुहरूले चिवर लिन बुद्धलाई आग्रह गरे । तर बुद्धले भिक्षुहरूको विनयमा त्यसो नभएकाले विनयमा शंसोधन भए मात्र लिने भने पनि भिक्षु संघले विनयमा शंसोधन गरी शिरानी बनाउन सकिने भनी अनुमती पाए पछि बुद्धले आमावाट चीवर लिनु भएको दृष्टान्त विनय पिटकमा चर्चा गरिएको छ । भएमा मात्रै कानूनी राज्यको सम्मान हुन जान्छ । सबैले यसको पालना गर्दछन् । निष्पक्ष न्यायले न्यायलयको गरिमालाई उच्च राख्दछ ।