लुम्बिनी वल्ड स्कूलमा अभिभावकलाई असल अभिभावक र तनाव व्यवस्थापन तालीम

मेचीकाली संवाददाता

१५ चैत्र २०८०, बिहीबार
36 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी बढ्दै जाने गरेकाले तालिमको आयोजना गर्न लागिएको बताए ।

यस्ता तालिमले बालबालिकासंग अभिभावक र शिक्षकको दुरी कम हुने उनको भनाई छ । आगामी शनिवार धार्मिक गुरु तथा प्रोफेसर पत्री प्रभुले अभिभावकत्व तथा तनाव व्यवस्थापन तालिम हुनेछ । समयको परिवर्तनसंगै बालबालिकाहरुका चाहना र क्षमतामा समेत परिवर्तन आउने भएकोले अभिभावक र शिक्षकहरुले बालिकाकाका चाहना र क्षमता बुझ्न सक्नुपर्ने प्राचार्य ढकालले बताए । विद्यालयका अध्यक्ष योगेश घिमिरेले अभिभावक र विद्यार्थीको सामिप्यता बढाउंदै विद्यार्थीको स्तरअनुसार पठनपाठनमा जोड दिंदै आएको बताए ।

कक्षाकोठामा विषयवस्तुको पठनपाठनसंगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको बताए । सोहि कारण दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा हाल साढे तिनसय विद्यार्थी अध्ययनरत रहेको र आगामी शैक्षिक सत्रमा साढे ५ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ ।