बुटवल, बैशाख २९ । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रग्शाला काठमाण्डौको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नया संक्रमितको संख्या १० पुगेको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरु मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ उमेर समूहका पुरुषहरु हुन् भने एक जना पुरुषको भने उमेर खुलेको छैन ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।