तुलसी राम पौडेल
दाङ (मे स स ) ,बैशाख २९
बिश्वब्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरि छाक टार्ने अति विपन्न घरधुरीका पारिवारिक सदस्यहरुलाइ प्रदेश नम्बर ५ अन्तरगत दाङको लमही नगरपालिकाले राहत वितरण कार्यक्रम शुरु गरेको छ।नगरपालिकाले आफ्नो नगरभित्रका अति विपन्न ३११४घरधुरिका १२९८०जनाको लागि ७४७८०केजि चामल ,३४९५ केजि दाल,२३८८लिटर तेल,२९१७.५ केजि नुन वितरण गर्न लागेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसिले जानकारी दिनु भयो।
नगरपालिकाको राहत वितरण कार्यक्रमबाट नगरपालिका वडा नम्बर १ मा २०१ घरधुरीका ८०४ जना ,वाड नम्बर २ मा ४११ घरधुरीका १७१८ जना ,वाड नम्बर ३ मा ३४१ घरधुरिका १४४६ जना,वाड नम्बर ४ मा २७८ घरधुरीका ११४८ जना,वाड नम्बर ५ मा ४९८ घरधुरीका २३०० जना ,वाड नम्बर ६ मा २१५ घरधुरिका ७७७ जना,वाड नम्बर ७ मा ४२६ घरधुरीका १४४२जना ,वाड नम्बर ८ मा ५३४ घरधुरिका २५८२ जना ,वाड नम्बर ९ मा २१० घरधुरीका ७६३ जना लाभान्वित हुने नगरपालिका सूचना प्रविधि अधिकृत नरेन्द्र गुप्ताले जानकारी दिनु भयो