तुलसी राम पौडेल
दाङ ( मे स स) , बैशाख २९
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर गुजारा गर्ने अति विपन्न घरपरिवारको लागि प्रदेश ५ अन्तरगत दाङको तुलसी पुर उपमहानगरपालिकाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।नगरपालिकाले नगरभित्रका विपन्न ७९०९ घरधुरीको लागि १५०९३८ केजी चामल ,४८११ केजि दाल ,४४४७ लिटर तेल ,६४८५ केजि नुन ,२१४० केजी आटा, ३८८ केजि सोयाबिन ,८५५४ वटा साबुन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कान्त उपाध्याले बताउनु भयो।
राहत कार्यक्रम बाट नगरपालिका वाड नम्बर १ मा १९१ घरधुरी ,वाड नम्बर २ मा ८५ घरधुरी ,वाड नम्बर ३ मा ७०६ घरधुरी , वाड नम्बर ४मा ४५८ घरधुरी ,वाड नम्बर ५ मा १४७७ घरधुरी ,वाड नम्बर ६ मा १०९८ घरधुरी ,वाड नम्बर ७ मा २५५ घरधुरी ,वाड नम्बर ८ मा ४९० घरधुरी ,वाड नम्बर ९ मा १२२१ घरधुरी ,वाड नम्बर १० मा ३१ घरधुरी ,वाड नम्बर ११मा २०० घरधुरी ,वाड नम्बर १२ मा ६६ घरधुरी ,वाड नम्बर १३ मा २३८ घरधुरी ,वाड नम्बर १४ मा ३२९ घरधुरी ,वाड नम्बर १५ मा २०० घरधुरी ,वाड नम्बर १६ मा ५६ घरधुरी ,वाड नम्बर १७ मा २२० घरधुरी ,वाड नम्बर १८ मा ४०३ घर धुरी ,वाड नम्बर १९ मा १८५ घरधुरीका परिवार लाभान्वित भएको नगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो।