अहिलेको कोरोना लडाइ केवल रोगसँगको लडाइमा मात्र सिमित नभइ अव हरेक राष्ट्रले दुईवटा लडाइको तयारी एकैसाथ गर्नुपर्ने अवस्था आइसकेको छ। प्रथमत कोरोना भाइरस सँगको लडाइवाट यसलाइ पराजित गरि आफ्ना नागरिकहरुको जिवन बचाउनु छ भने द्यितिय उक्त लडाइवाट बाहिर निस्कीसकेपछिको तहसनहस भइसकेको अर्थतन्त्रलाइ पुनर्जिवन दिंदै मन्दिबाट आक्रान्त हुनसक्ने जनजिवन लाइ सामान्य अवस्थामा फर्काउनु पर्ने हुन्छ।
नेपालजस्ता गरिव तथा कम विकसित राष्ट्रहरु कोरोना महामारीको प्रकोपवाट बढि प्रताडित हुने देखिन्छ। अहिलेको परिस्थिति तथा विश्वमा चलिरहेको बन्दाबन्दी अर्थात लकडाउनको अवस्थाले पछिल्लो समय विशेषत सन ९० को दशकतिर अल्पविकसित तथा गरिव राष्ट्रहरुमा जवर्जस्ति लादिएका उदारवाद, निजिकरण तथा विश्वव्यापिकरण जस्ता अनिच्छित मान्यताहरु ति राष्ट्रका लागी कति हानिकारक थिए भन्नेकुरा समेत स्पष्ठ पारेको छ।
विश्व समुदायवाट अलग रहेको अवस्थामा अर्थतन्त्रको आन्तरिक प्रतिरोधात्मक क्षमता अर्थात आफ्नो खुट्टामा आफै उभिन सक्ने क्षमता ले अहम भुमिका खेल्दछ। आज मुलुकले अन्तराष्ट्रिय सिमा बन्द गरेको घोषणा गर्दैगर्दा हजारौंको संख्यामा मालवाहक ट्रकहरु सिमा नाकाबाट भित्रिनु, खाद्यान्न तथा तरकारीका लागि मित्रराष्ट्र गुहार्ने स्थिति आउनु, देशभित्र अतिसामान्य माक्स तथा सेनेटाइजर जस्ता वस्तुको समेत अभाव हुनु, हजारौं नमुना संकलन गरेर पनि परिक्षण गरि नतिजा दिन नसक्नु, हजारौं नेपालीहरु सिमा क्षेत्रमा अलपत्र पर्दापनि उद्धार गर्न नसक्नु आदि र यस्तै तथ्यहरुले हाम्रो आन्तरिक प्रतिरोधात्मक क्षमताको आफै पुष्टि गर्दछ र अव ढिलो नगरि यसवाट पाठसिक्न जरुरि छ।
कोरोना महामारीले नेपालको अर्थतन्त्र अव नराम्ररी प्रभावित हुनेमा दुईमत रहेन। नेपालमा कोरोनाको प्रत्यक्ष प्रभाव विप्रेषण आय ( Remittance Income ) मा पर्नेछ। विश्व श्रम बजारबाट लाखौं श्रमिकले रोजगारी गुमाउँदा लाखौं नेपाली युवाले समेत रोजगारी गुमाउन पुगि विप्रेषण आयमा भारी गिरावट आउनेछ। त्यतिमात्र होइन ति वैदेशिक रोजगारीमा रहेका युवाहरुलाइ देश फर्कैपछि स्वदेशमा उपयुक्त व्यवस्थापन गर्नु अर्को ठूलो चुनौति हुनेछ।
कोरोना महामारीको अर्को ठूलो प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्नेछ। पर्यटन क्षेत्र यति नराम्ररी थलिने छ की यसलाइ पुन: व्युताउन अर्थतन्त्रले ठूलो धक्का ( Big Push) दिनुपर्ने हुन्छ जसका लागी आवस्यक लगानी जुटाउनु अझै चुनौतिपुर्ण हुनेछ। पर्यटन क्षेत्रमा रहेको लगभग २५ लाख रोजगारी धरापमा पर्नेछ। अर्को महत्वपुर्ण कुरात कोरोना महामारी समाप्ति पछिपनि केहि वर्षसम्म अन्तराष्ट्रिय पर्यटनको रौनक देखिने छैन।
त्यस्तै उधोग क्षेत्रपनि कोरोना कहरबाट नराम्ररी संक्रमित हुने देखिन्छ। लगानी अभाव तथा कच्चापदार्थको अप्रयाप्तताले गर्दा उधोग क्षेत्रपनि सहजै सामान्य अवस्थामा फर्कने सम्भावना रहदैन।
यि समग्र क्षेत्रको प्रतिविम्व स्वरुप मुलत आम्दानीमा मार पर्ने तथा वेरोजगारीको भयावह स्थिति सिर्जना हुनेछ। स्मरण रहोस देशभित्रै पनि हजारौं रोजगारी कटौति हुने सम्भावना छ र बैंकिङ्ग क्षेत्रले ५० प्रतिशत कटौतिको कुरा अघि सारिसकेको छ। आगामि दिनमा खाद्धवस्तुको भाउ बढ्ने, उत्पादनका लागी कच्चापदार्थको अभाव हुने, गरिवी तथा वेरोजगारी वढ्ने, लगानियोग्य रकम घट्ने तथा आधारभुत आम्दानी ( Basic Income ) को माग बढ्ने कारण एउटा ठूलो आर्थिक संकट सामुन्ने छ। यस्तो आर्थिक संकटको ठूलो र प्रत्यक्ष असर निम्न आयवर्गलाइ पर्नेछ।
खुम्चिएको अन्तराष्ट्रिय श्रमबजारले विप्रेषण आप्रवाहलाइ घटाउने छ, सवै मुलुक प्रताडित भएकाले वैदेशिक लगानी तथा सहयोगमा पनि भारी गिरावट आउनेछ, पर्यटनमा परेको प्रभावले वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष असर पर्नेछ र यि सबै कारणबाट उपभोग्य आयमा भारी गिरावट आइ उपभोग घट्न जानेछ। उपभोगमा आएको गिरावटका कारण लगानि तथा उत्पादन झनै घट्न गइ थप वेरोजगारी सृजना हुने र देश दलदलमा फस्न सक्ने अवस्था समेत नआउला भन्न सकिन्न। राष्ट्रको आन्तरिक राजश्व तथा लगानि क्षमता समेत घट्ने हुनाले वैकल्पिक व्यवस्था अन्तर्गत राज्यले तत्कालिक र दिर्घकालिन विकल्पहरुको वारेमा आजैदेखि योजनावद्ध तरिकाले सोच्नुपर्ने वेला आइसकेको छ साथै आगामि आ व को वजेट तर्जुमा गर्ने क्रममा धेरै वुद्धिमता अपनाउनुपर्ने देखिन्छ।
वैदेशिक रोजगारी तथा आम्दानिमा आउने गिरावटको तत्कालिक विकल्प कृषि पेशाको प्रवर्द्धन हुनसक्छ। यसबाट प्रत्यक्ष रुपमा रोजगारीको सृजना हुने, खाद्ध सुरक्षा कायम गर्न सकिने तथा आम्दानिमा पनि वृद्धि गर्न सकिन्छ भने अप्रत्यक्ष रुपमा निर्यात बढ्न गइ व्यापार घाटा कम हुने , मानविय स्वास्थ्यमा सुधार आउने तथा शिक्षा र जिवनस्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ। खाद्ध सुरक्षा सँगै स्वास्थ्य सेवा , औषधि उत्पादन, जनशक्ति र उपकरण परिचालनमा व्यापक तयारी गरिनुपर्दछ। यसका लागी कृषि, स्वास्थ्य , खाद्ध र शिक्षाका कार्यक्रमलाइ प्राथमिकतामा राखेर यातायात र संचार मार्फत आपुर्ति सहज वनाइ भ्रस्टाचार, कालोवजारी, राजनीतिकरण , दलालीतन्त्र र अदृश्य अवैधानिक कारोवारलाइ नियन्त्रण गर्न जरुरी छ। त्यस्तै दिर्घकालिन समाधानका लागी विभिन्न क्षेत्र जस्तै पर्यटन, कृषि, स्वास्थ्य , शिक्षा , उधोग आदिका लागी एकिकृत रणनीति तयार गरि अघि बढ्नु पर्दछ।
नारायण प्रसाद पौडेल