नाटु सैनामैना नगर कमिटीको अध्यक्षमा भट्ट

मेचीकाली संवाददाता

२२ चैत्र २०८०, बिहीबार
1049 shares

बुटवल । नेपाल अटोमेकानिक्स ट्रेड युनियन (नाटु) सैनामैना नगर कमिटीको दोस्रो अधिवेशन बुधवार सम्पन्न भएका छ । उक्त अधिवेशनले श्रवण भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा नीमराज घिमिरे, सचिवमा रमेश ज्ञवाली चयन भएका छन् ।

यसैगरी सहसचिवमा सहदेव बेलबासे, कोषाध्यक्षमा मिलन पौडेल, सहकोषाध्यक्षमा गुरुप्रसाद पाण्डे र सदस्यमा सुन्दर कुर्मी चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै ट्रेड युनियनका निवर्तमान अध्यक्ष तथा प्रतिनिधि परिषद् प्रमुख जीवन अधिकारीले बदलिँदो प्रविधिलाई आत्मसाथ गर्दै श्रमिकहरु पनि अब प्रविधिमैत्री बनेर काम गर्नुको विकल्प नरहेको बताए । मजदुरको हकहीत र सामाजिक सुरक्षाका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी केन्द्रीय सल्लाहकार हेमराज रावलले ट्रेड युनियनका बारेकमा जानकारी गराए । प्रदेश सहसचिव गोपाल कुँवरले आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम सैनामैना नगर कमिटीका अध्यक्ष नीमबहादुर नेपालीको अध्यक्षता तथा सचिव समिप रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ट्रेड युनियनले मेकानिक्सहरुको सिप तथा क्षमता अभिवृद्धी गर्न विभिन्न तालिम तथा सेमिनारको आयोजना गर्दै आइरहेको छ । साथै मेकानिक्सहरुको हकहित र श्रमसंग जोडिएका विविध विषयमा वकालत समेत गर्दै आइरहेको छ ।