नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण

मेचीकाली संवाददाता

२३ चैत्र २०८०, शुक्रबार
85 shares

अर्घाखाँची । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालको समन्वयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोटमा रहेको बाल आधारभुत विद्यालयमा अध्ययनरत नरसरी देखि कक्षा ५ सम्मका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथी लक्ष्मी कुँवरले आफुले अक्षारम्भ गरेको विद्यालयमा अध्ययरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा खुसी व्यक्त गरीन् । साथै उनले बाल आधारभुत विद्यालयमा अक्षराम्भ गर्ने मानिस देशको उच्च तहमा पुग्न सफल भएको बताइन् ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतित सिंह राठौर, जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख मनिराम पराजुली, बाल आधारभुत विद्यालयका व्यवस्थापन समिती अध्यक्ष बिष्णु प्रसाद बस्याल, प्रधानाध्यापक बिष्णु प्रसाद खनाल, पत्रकार महासङ्गका अध्यक्ष अशोक कुमार खनाल, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश सचिव सरिता पराजुली अधिकारी, वडा नम्वर १ का वडा सदस्य भगवति पान्डे बि।क। लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष निरन कडायतको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका बरिष्ठ प्रहरी नायव निरिक्षक शेषनारायण भारतिको सन्चालनमा सम्पन्न भएको हो ।