बुटवल, जेठ ७ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षे पुरुषको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । उनको रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले खबरहबसँग कुरा गर्दै बिरामीको अहिले पनि आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको जानकारी दिए । उनले भने, ‘समाचारमा बिरामीको मृत्यु भएको कुरा आएको छ । तर यो सत्य होइन । उनको अहिले पनि अस्पतालमा उचपार भइरहेको छ । अवस्था गम्भीर छ ।’ बिरामीको अवस्था अघिल्लो दिनको जस्तै रहेको भन्दै अध्यक्ष पाण्डेले हल्लाका पछि नलाग्न आग्रह गरे ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, मृत्युको समाचार हल्लामात्र
