बुटवल, जेठ ८ । बुटवल–१२, नयाँगाउँमा समूहमार्फत गरिएको तरकारी खेती । यहाँ १२ जनाको समूहले सात कट्टा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको छ । नयाँगाउँका किसानहरु संगठित भएर स्थानीयको खाली जग्गालाई भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।
सिद्धबाबा कृषि समूहका नाममा १२ जनाले तरकारी खेती गदै आएको समूहका अध्यक्ष छबिलाल बस्यालले बताउनुभयो ।
मौसमी र बेमौसमी दुबै प्रकारका तरकारीको खेती गरिँदै आएको समूहका अध्यक्ष बस्यालले बताउनुभयो । उहाँले लकडाउनको समयमा ताजा र स्थानीय तरकारीको माग बढेपछि आफुहरुलाई हौसला पनि बढाएको बताउनुभयो । भिन्डी, लौका, बोडी, सिमी, टमाटर, करेला, काँक्रा, खुर्शानी, केप्सीकमदेखि सागको उत्पादन हुँदै आएको अध्यक्ष बस्यालले बताउनुभयो । उहाँले समूहका खेतीगर्न चाहनेलाई बुटवल उपमहानगरपालिकाले केही मात्रामा भएपनि हौसलाको काम गरेको भन्दै यसलाई अझ विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।
तरकारी उत्पादनमा खटिएकी स्थानीय अगुवा महिला सावित्रा रेग्मीले अहिले समुदायमा तरकारी उत्पादनमा आकर्षण बढ्दै गएको बताउँदै राज्यले प्रोत्साहनका कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने बताउनुभयो । रेग्मीले लकडाउनकै समयमा सयौं क्वीन्टल तरकारी विक्री वितरण भएको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बुटवलका वडा कार्यालयमार्फत प्रमाणिकरण गरेर उपभोक्ताका घरघरमा पु¥याउनेसमेत व्यवस्था गर्न लागिएको बताउनुभयो । उहाँले नयाँगाउँ क्षेत्रका महिलाहरु अहिले समूह बनाएर मौसमी र बेमौसमी तरकारी खेतीमा आकर्षित हुँदै आएको बताउनुभयो ।
बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रमले किसानलाई प्रोत्साहन बढाएको भन्दै नयाँगाउँका युवा अगुवा हेम पन्तले कृषिलाई व्यवसायिकरण बनाउन उपकरण, मल बीउको उचित प्रवन्ध गर्न जरुरी रहेको बताउनुभयो । पशुपन्छीका लागि दानाको कारोवार गर्दै आएका व्यवसायीसमेत रहेका पन्तले बुटवलले अहिले बनाएको स्थानीय उत्पादनको प्रमाणिकरणको नियमले यहाँका किसानलाई हौसला मिल्ने दाबी गर्नुभयो ।
फाटो फिचर