तुलसी राम पौडेल
बुटवल ,जेष्ठ ८
कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्ने उद्देश्यले पश्चिम् नवलपरासीको सुस्ता गाउपालिकाले आफ्नो गाउपालिकाका सम्पूर्ण किसानहरुलाइ ५०% अनुदानमा किसानको आवश्यकता अनुसारको बीउ वितरण गरेको छ।
गाउपालिका अन्तरगतका १०५९ कृषकहरुको लागि
३५ क्विन्टल राधा चार , ६८ क्विन्टल सर्जु बाउन र ४१ क्विन्टल राम धान वितरण गरिएको गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भयो।गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले भन्नुभयो ” हामिले सम्पूर्ण किसानलाइ किसानले मागेजति धानको बीउ अनुदानमा उपलब्ध गराएका छौ, कुनै पनि किसान धानको बीउ अनुदान प्राप्त गर्न छुटेको छैन “
सुस्ता गाउपालिका वाड नम्बर ५ का कृषक मनिता खवासले गाउपालिकाले किसानको माग वमोजिम चाहिए जति धानको बीउ ५० % अनुदानमा उपलब्ध गराएर किसानप्रतिको उत्तरदायित्व निभाउन सफल भएको बताउनु भयो।
किसानलाई धानको बिउ वितरण गर्ने कार्यक्रम अन्तरगत सुस्ता गाउपालिका वाड नम्बर १ मा १३० कृषकको लागि ७ क्विन्टल राधा चार , ६ क्विन्टल सर्जु बाउन ,५ क्विन्टल राम धान, वाड नम्बर २ मा १५१ कृषकको लागि ६ क्विन्टल राधा चार,९ क्विन्टल सर्जु बाउन,५ क्विन्टल राम धान ,वाड नम्बर ३ मा १०० कृषकको लागि ४ क्विन्टल राधा चार ,८ क्विन्टल सर्जु बाउन ,३ क्विन्टल राम धान ,वाड नम्बर ४ मा २४० कृषकको लागि ४ क्विन्टल राधा चार, १५ क्विन्टल सर्जु बाउन ,१०क्विन्टल राम धान र वाड नम्बर ५ मा ४३८ कृषकको लागि १४ क्विन्टल राधा चार,३० क्विन्टल सर्जु बाउन ,१८ क्विन्टल राम धान वितरण गरिएको गाउपालिका सुचना प्रविधि अधिकृत दिपेन्द कुमार कुर्मिले जानकारी दिनुभयो।
धानको बीउ राहत अनुदान अनुसार राधा चारको धान उन्नत धानको बीउ प्रती केजि ३० रुपैया , सर्जु बाउन हाइब्रेड ३८ रुपैया पचास पैसा प्रती केजि र उन्नत रामको धान ३५ रुपैया प्रती केजि रहेको गाउपालिका कृषि प्राविधिक किरण चौधरीले जानकारी दिनुभयो।