बुटलव, जेठ ८ । हाइलाइफ फुड प्रोडक्ट प्रा.लि. बुटवल–१०, रुपन्देहीले कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्य सामग्री सहयोग गर्दै आएको छ । बिहिबार बुटवल, वडा नंं ४ कान्ति मा.वि.को क्वारेन्टाइनमा रहेका ११० जनाकोलागि मिश्रीत खाधान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । यसबाट उक्त स्कुलमा रहेका व्याक्तिहरुले धेरै राहत अनुभव गर्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितिमा निकै सह्रानीय काम गरेकोे अध्यक्ष पराजुलीले जानकारी गराए ।
त्यस्तै बिहिबार नै कम्पनिले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाइनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्यसामग्री हस्तान्तरण गरिएको छ । यसअघि पनि सियारी गाउँपालिका वडा नंं. १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साहीमार्फत खाद्यसमाग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले जानकारी गराए ।
उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नान नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादीत वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङकङ, मकाउलगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको छ । यस विषम परिस्थितिमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस् भन्ने हेतुले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि कम्पनी स्वयंमले कोभिड–१९ विमा व्यवस्था गरिदिएको छ ।