बुटवल, जेठ ९ । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ । २ जना मध्ये एकजना कपिलबस्तु नगरपालिका-३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका-८ का २४ वर्षका पुरुष हुन् । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगिसकेका छन् । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
कपिलवस्तुमा २ जना पत्रकारमा कोरोना पोजेटिभ

सांकेतीक तस्विर