बाँके, जेठ ९ । बाँकेको खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा उपचारत २१ जना संक्रमितहरु कोरोनालाई जितेर शुक्रबार डिस्चार्ज भएका छन् । बाँकेका पहिलो ६० बषिर्य संक्रमित सहित २१ जनाको दास्रो पटकको कोरोना परिक्षण नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको हो ।
अस्पतालबाट बिदाई गर्न भेरी अस्पतालका मेसु प्रकाश थापा, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति लगायत अस्पताल पुगेका थिए । उनीहरुलाई डाक्टर थापाले फुल र खादा ओढाएर बिदाई गरेका छन्। अस्पतालबाट बिदाई भएपनि उनीहरु १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने छ । उनीहरुलाई होम क्यारेन्टाईनमा बस्ने सर्त सहितको कागज गराई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।