क्षेत्री समाज बुद्धभूमिद्वारा वनभोज तथा क्षेत्री मिलन कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१३ बैशाख २०८१, बिहीबार
25 shares

पार्वती आचार्य

कपिलवस्तु । क्षोत्री समाज नेपाल बुद्धभूमि नगरपालिका १ को आयोजनामा वनभोज तथा क्षेत्री समाज मिलन कार्यक्रम टिक्करमा सम्पन्न भएको छ । क्षेत्री समाजलाई आफ्नो पहिचान सहित अगाडी बढाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष मेयर सिंङ कुवरले बुद्धभूमि नगरपालिकाको १ नम्बरमा जस्तै देशैभर क्षेत्री समाजको गठनलाई बलियो बनाउन आवश्यक भएको बताए । आफ्नो पहिचान सहित संस्कृतीलाई संरक्षण गर्दै आफ्नो ईतिहासलाई कायम राख्न क्षेत्री समाजलाई दरिलो बनाउनु पर्नेमा जोडदिएका छन् ।

यसैगरी क्षेत्री समाज नेपालका पूर्व जिल्ला अध्यक्ष दुर्गा केसीले समाजको नेतृत्व बिकास गर्न सबै लाग्नुपर्ने बताए । २०५३ सालमा बुद्धभूमिमा स्थापना भएको क्षेत्री समाजको क्षमता र नेतृत्व बढ्दै गएको बताए । यसै वडा नम्बर १ ले क्षेत्री नै वडा अध्यक्ष प्राप्त गरेको छ भने चन्द्रौटा क्षेत्रबाट पनि उच्च पद हासिल गर्न सफल भएको केसीले बताए । क्षेत्री समाजलाई अगाडी बढाउन आम क्षेत्रीहरु एक्यवद्धता हुनुपर्नेमा जोडदिए ।

यस्तै वडा नम्बर १ का वडा अध्यक्ष तथा क्षेत्री समाजका तिलक बस्नेतले क्षेत्री समाजलाई बलियो बनाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । समाजलाई बलियो बनाउन आफ्नो पहिचान सहित लाग्नुपर्ने बताउँदै सुशासन र पारदर्शितामा यो क्षेत्री समाज अब्बल हुनुपर्नेमा जोडदिएका थिए ।

सो अवसरमा जिल्ला अध्यक्ष ज्ञान बहादुर कार्की , समाजका पूर्व केन्द्रिय सदस्य बिस्नुराज टण्डन, जिल्ला कोषाध्यक्ष शान्ता केसी, नगर अध्यक्ष बल बहादुर सेन लगाएतले आ आफ्नो धारणा राख्दै जिल्ला मात्र नभएर देशमै क्षेत्री समाजलाई आफ्नो पहिचान र भेसभुषा सहित नमूना बनाउनु पर्नेमा जोडदिएका थिए ।

क्षेत्री समाज नेपाल बुद्धभूमि नगरपालिका १ का अध्यक्ष स्याम बहादुर खड्का क्षेत्रीको अध्यक्षतामा जिल्ला उपाध्यक्ष दिपेन्द्र जीसीको स्वागत मन्तव्य तथा नगर उपाध्यक्ष कमला टण्डनको संचालनमा सम्पन्न क्षेत्री मिलन समारोहमा वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रिय पदाधिकारीहरुको उपस्थिती रहेको थियो । वनभोज र क्षेत्री मिलन समारोहले एक आपसमा आत्मीयता बढ्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् ।