पार्बती आचार्य
कपिलवस्तु, जेठ १२ । कोरोना भाईरस संक्रमित भएकी कपिलवस्तु अस्पतालकी स्टार्फ नर्सले कोरोनालाई जितेर घर फर्केकी छन् । यससंगै कपिलवस्तुमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ११ पुगको छ । बैशाख १० गते कपिलवस्तु नगरपालिकाका १ जना, मायादेबी गाउँपालिकाका ४ जना र यशोधरा गाउपालिकाका ३ जना, बुद्धभुमी नगरपालिकाका १ जना र शुद्धोधन गाउँपालिकाका १ जना गरी १० जना बुटवल स्थित कोरोना बिशेष अस्पतालबाट कोरोनलाई पराजित गर्दै घर फर्किसकेका छन् ।
संक्रमित पुष्टि भएपछि दुई पटक गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कपिलबस्तु अस्पत्तालकी नर्सलाई घर फर्काएको हो । गत वैशाख २९ गते देखि अस्पतालको आईसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेकी २५ वर्षीया नर्स सोमबार बिहान घर फर्ककी हुन् । नर्सलाई अस्पताल प्रशासनले स्वस्थ्य जीवनको कामना समेत गरेको अस्पतालले जनाएको छ । संक्रमित भएपछि जेठ १ गते र ४ गतेको स्वाबको पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको थियो । फर्किएकी नर्सलाई केही दिन होम क्वारेन्टाइनमा बस्ने सुझाव दिदै अस्पतालबाट डिस्चार्ज गरिएको बताईएको छ । संक्रमित हुँदा निराश बनेकी स्टाफ नर्स खुसी हुदै घर फर्केकी छन् ।
आत्ममनोबल दरिलो बनाई स्वास्थ्य प्रति सचेत हुन सके कोरोनालाई जित्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । स्टाप नर्सलाई कसरी र कोबाट कोरोना सरेको भन्ने अझै यकिन हुन सकेको छैन् । नर्स संक्रमित भएपछि अस्पताल र नर्सको परिवार गरी १ सय ११ जनाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि केही दिन बन्द रहेको अस्पताल संचालनमा आएको हो ।
यस्तै मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका १६, २२, १८ र वडा नं. ८ विजुवाका १८ वर्षिय पुरुष र शुद्धोधन गाउँपालिका वडा नं. ६ कर्माका १७ वर्षिय पुरुष लगाएत यशोधरा गाउँपालिका, कपिलबस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका पुरुषहरुले कोरोनालाई जितेर आएको मायाादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले वताए । उनिहरु रोजगारीको सिलसिलामा भारतको मुम्वई लगाएतका विभिन्न स्थानहरुबाट नेपाल आएका थिए ।
स्थानियतहले निर्माण गरेका विभिन्न क्वारेनटाईनमा उनिहरुको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि उनिहरुलाई थप उपचारकालागि प्रादेशिक अस्पत्ताल वुटवलको अस्थायी कोरोना अस्पत्ताल धागो कारखानामा राखिएको थियो । हामी कोरोनालाई जितेर आउने छौ हिम्मत हार्नु हुँदैन भन्दै थप उपचारका लागि बुटवलको कोरोना अस्पत्ताल पुगेका १० जना कोरोना संक्रमित युवाले कोरोनालाई जितेर आएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।
उता कपिलवस्तुको तौलिहवा स्थित तिलौराकोट क्याफे एन्ड रेस्टुरेन्टको आइसुलसेन सेन्टरमा रहेका संक्रमित चार सुरक्षाकर्मी र एक कर्मचारी समेत केही दिन मै डिस्जार्ज हुनेक्रममा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । रोग संग लड्न सक्ने क्षमतालाई वुद्धि गर्न आत्ममनोवल बढाउने र दैनिक योगा गर्ने र सिमादुरीको कायम गर्न सके रोगलई जित्न सकिने छ । कपिलवस्तुको शिवराज नगरगालिकामा ३ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ८३ पुगेको छ । संक्रमित हुनेमा वडा नं ४ का १९ वर्षिय, वडा नं. ५ का २७ वर्षिय र वडा नं. ६ का २३ वर्षिय पुरुष रहेका छन् । संक्रमित मध्ये ११ जना निको भई घर फकेका छन् ।
कपिलवस्तुमा स्टाफ नर्ससहित ११ जनाले जिते कोरोना
