बुटवल, जेठ १३ । गुल्मीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीका २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका २ जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका जनप्रतिनिधि रहेको खुलेको छ ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । त्यसमध्ये अर्का एक जना भने क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । दुबै जनाको स्वास्थ्य भने सामान्य रहेको छ । जनप्रतिनिधिको सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु भइसकेको छ । यसअघि गुल्मीको मदाने गाउँपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।