आज गणतन्त्र दिवस । जनताको संघर्ष र वलिदानले सार्थकता पाएको आजको यो ऐतिहासिक दिनका अवसरमा सबै महानुभावहरुमा हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु । १२ वर्ष अघि ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनले हामी सम्पूर्ण न्यायप्रेमी नेपालीलाई नयाँ उर्जा प्रदान गर्न सकोस् । कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु । राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता, सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सकियोस् भन्नेसमेत कामना गर्दछु ।
कोभिड—१९ को महामारीले नागरिकको दैनिक जीवन असहज भइरहेको छ । महामारीका विरुद्ध तीनै तहका सरकार केन्द्रित रहेको अवस्था छ । कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिन्छ भन्नेमा हामी ढुक्क छौं । यो महामारी विरुद्धको संघर्षलाई प्रभावकारी र सफल बनाउन सकियोस् र जनजीवन सामान्य बनाउन सकियोस् ।
शिवराज सुवेदी
प्रमुख
बुटवल उप-महानगरपालिका
२०७७ जेठ १५ गते