तुलसी राम पौडेल
गुल्मी ( मेसस) जेष्ठ १६
बिश्वब्यापी महामारिको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गुल्मिको सत्यवती गाउपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमध्य २७ जनाको RDT परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।नेगेटिभ आएका २७ जना सबैलाई घर पठाइएको गाउपालिका स्वास्थ संयोजक
सुर्य रानाले जानकारी दिनुभयो ।हाल सत्यवती गाउपालिकामा ४२ वटा क्वारेन्टाइन छन् जसमध्ये २८ वटा मात्रै संचालित छन् ।गाउपालिकामा क्वारेन्टाइनमा हाल शुक्रबार सम्म १३२ जना रहेका छन् जस अन्तरगत ११० जना पुरुष रहेका छन भने महिला २२ जना छन् ।
गाउपालिकामा कार्यरत स्वास्थ कर्मी ,कर्मचारी ,जनप्रतिनिधिको लागि आवश्यक मास्क अभाव भएको , क्वारेन्टाइनमा बसेकालाई PCR test हुन नसकेको स्वास्थ संयोजक रानाले बताउनु भयो।आवश्यक मात्रामा किटको व्यवस्था नहुदा क्वारेन्टाइनमा रहेका व्यक्तिको व्यवस्थापनमा कठिनाइ भएको स्वास्थ संयोजकले बताउनु भयो।