बन्दना पोखरेल
रामपुर, जेठ १७ । विश्वमा आतंक फैलाएको कोरानामा अग्र पंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारि हुन् । यसै बिचमा पाल्पाको निस्दी गाउँपालिकाका पत्रकारहरुको कोरोना बिमा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता बसेको बैठकले कोरोना भाइरसको महामारीको जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका क्रियाशील ५ पत्रकारको कोरोना बिमा गरिएको प्रवक्ता मेख बहादुर सुनारीले बताए । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समाचार संकलनको क्रममा खटिने पत्रकारहरुको १ लाखको कोरोना बिमा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सारुले निस्दीका सम्पूर्ण जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीकोसमेत कोरोना बिमा गरिएको बताउँँदै अहिले सम्म यस काममा खटिने सबैलाई धन्यबाद दिए । साथै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, सडक निर्माण तथा मर्मतको लागि कामदार खटाउने निर्णय समेत गरेको जानकारी गराए ।
यसैबिच निस्दी गाउँपालिकाले भारतबाट आएका थप ३३ जनालाई उद्दार गरेको छ । सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरुलाई पाल्पा जिल्ला सदरमुकाम तानसेन स्थित होल्डिङ क्वारेन्टाइन १ दिन राखेर शुक्रबार निस्दीमा ल्याएको हो । झिरुबासका २२ जना, सहलकोटका १० जना र गल्धाका १ जना गरी कुल ३३ जनालाई लक्ष्मी मावि झिरुबासको क्वारेन्टाइनमा राखेको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासका वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिए । यसअघि भारतबाट आएका ४६ जनालाई उद्दार गरिएको थियो ।