काठमाडौं, जेठ १७ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २१९ पुगेको छ ।
यो पनि पढ्नुहोस्
कपिलवस्तुमा शनिबार ७७ जनामा कोरोना संक्रमण पुष्टि