काठमाडौं, जेठ १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।
थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुग्यो, पछिल्लो २४ घण्टामा २२६ थपिए
