बन्दना पोखरेल
देशमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका लागि भएको संघर्षमा महिलाहरुले आफ्नो ठूलो भूमिका निर्वाह गरेको छन् । यसैको उपलव्धिस्वरुप देशमा गणतन्त्र आयो, महिला राष्ट्रिपति समेत भएको अवस्था छ तर महिला र बालिका ती गरिब र निमुखाको हालत भने अहिलेसम्प पनि उस्तै छ । महिला तथा बालबालिकामाथि थुप्रै हिंसा हुने गर्छन्, जबर्जस्ती करणी, घरेलु हिंसा, सामाजिक हिंसा यौन जन्य दुव्र्यवहार, बालविबाह जस्ता छन् । यसलाई सामान्य लिने पुरातनवादी हाम्रो समाज र सोच यसको उपज हो ।
समाजमा बढ्दो बालविवाह रोक्न सरकारले कानून निर्माण गरेको छ । २०७५ साल भदौ १ देखि लागू हुने गरी मुलुकी ऐन आएको छ । बालविवाहलाई फौजदारी अभियोगअन्तर्गत राखिएको छ । कानूनमा बिस वषए नपुगी विवाह गर्न नहुने यदि कतै यस्तो गरेको र गराइएको पाइएमा दण्ड सजायको व्यवस्थासमेत गरिएको छ । तर बालविवाह सामजिक अपराध हो भन्ने थाहा हुँदाहुँदै पनी नेपाली समाजमा बालविवाह रोकिएको छैन । समाजमा सानै उमेरमा विवाह गरेर दिनु अर्थात् छोरीको विवाह गरी सुद्ध छोरीको जल खाएमा मुक्ति पाइने लोक तथा परलोकमा आफ्नो स्थान सुरक्षित गर्न सानो उमेरमा विवाह गरिदिने मानसिकता अझै कम हुन सकेको छैन । बालविवाह भनेको कुनै पनि राष्ट्रको कानूनमा विवाह गर्न भनि तोकिएको उमेरभन्दा कम उमेरमा विवाह गर्नु वालविवाह हो । विभिन्न देशमा आफ्ना आफ्ना उमेर समूह तोकिएको छ । नेपालको सन्दर्भमा भन्ने भने मुलुकी अपराध संहिता–२०७४ मा विवाहको उपयुक्त उमेर बिीस वर्ष हुनुपर्छ भनि तोकिएको छ । २० वर्ष नपुगि गरिने विवाह बालविवाह हो र यसरी विवाह गर्ने गराउने गरिएको खण्डमा कानूनबमोजिम कारवाहीको व्यवस्थासमेत गरिएको छ । यसरि गरिने विवाह अपराधसमेत मानेको छ । तर समाजमा परिस्थिति र परिवेश फरक रहेको छ ।
हाम्रो संस्कृति, परम्परा, मूल्यमान्यता, क्षेत्र, जातजाति र धर्मका आधार हेर्ने हो भने विवाह फरक फरक किसिमले गरिन्छ । तर यसको मूल मर्म एउटै हो । यस्ता विविध खालको दायित्व परिवारिक समस्या बुझ्न परिवारमा आउने आर्थिक संकटका विषयमा बुझ्न र परिवारलाई मिलाएर राख्न सक्ने परिपक्कता र मानसिक र शारीरिक क्षमता उमेर नपुग्दै भैसकेको हुँदैन तर समाजिक अवस्था भने विपरीत छ । छोरी महिनाबारी भएसगैँ ठूली देख्ने र विवाहयोग्य सम्झने हाम्रो समाजमा बालविवाह अपराध मान्दिैँन । शारीरिक र मानसिक रुपमा परिर्वतन हुने उमेरमा बालबालिकाहरु बैवाहिक बन्धनमा बाँधिन्छन् । जसले गर्दा परिपक्कता हँुदैन, सामाजिक रुपमा यौन जन्य हिंसा, अशिक्षा, कमजोर स्वास्थ्य जनसंख्या वृद्धि हुने र्गछ साथमा छिटो पढाइ छोड्दा अशिक्षाका कारण आर्थिक समस्यासमेत पर्छ, अन्धविश्वास र कूरीति बढ्छ पारिवािरक कलहको वातावरण बन्न जान्छ ।
बालविवाहको दर उच्च रहेको देशमध्ये नेपाल एसियामै तेस्रो मुलुक हो । अहिले कानून र सामाजिक अवस्था फरक छ । बिस बर्ष पुरा नहुँदै विवाह गरेर घरबाटै दिने चलन अझै घटेको छैन । अर्कातिर प्रेम विवाहका नाममा पनि किशोरकिशोरीहरु भाग्ने र विवाह गर्ने गर्छन् । जसले गर्दा कानूनको धज्जी उडिरहेको छ । समाजमा जान्ने सुन्ने र बुझ्ने भनिएका र आफूलाई जान्ने सम्झनेले पनि छोरीको विवाह उमेर नपुगी गरिरहेका छन् । यस विषयमा कोही केही बोल्यो र सम्झाउन खोज्यो भने केटा राम्रो खानदानको सम्पत्ति भएको र आफ्नो परिवारको लागि योग्य जस्ता कुरा गरी विवाह अहिले पनि भैरहेका छन् । समाजमा यस्ता कुसंस्कार अन्य गर्नका ल्याईएको कानूनले अबको केही वर्षमा समाजमा भयाबह रुप लिने पक्का छ । उता हाम्रो कानूनले विष वर्ष नपुगी विवाह गर्नु र गराउनु कानूनी दण्ड र सजाय तोकिएको छ । र विवाह बदर हुनेछ र यस्तो कार्य गर्ने गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
कानूनको धज्जी उडाउँदै समाजमा बालविवाह भैरहेका छन् । यसरी कानूनसँग समाज बाझिँदा बालबालिकालाई भविष्यमा ठूलो असर र मानसिक तनाव हुने छ । जसको उदाहरण समाजमा देखिन थालेको छ । मेरो छिमेकमा एक बालिका जसको १६ वर्षको उमेर १ वर्षअघि भयो । उनले अहिले बच्चा जन्माएकी छन् । ती आमाको बच्चालाई जन्मदर्ता गर्न धाएको १ हप्ता भयो अझ बनेको छैन, कानूनले यो विबाह अवैधानिक भन्छ र बदरको माग गर्छ । यता बालविवाहबाट नयाँ सन्तान जन्मीसकेको छ । अब त्यो बच्चाले राज्यको सेवा सुविधा प्राप्त गर्न जन्मेदेखि संघर्ष गर्नपर्ने छ । बच्चा जन्मेपछि जन्मर्दता नैसर्गिक अधिकार हो भने यता उमेर नपुगेका आमा बाबुबाट जन्मेको बच्चाको हकमा जन्मदर्ता स्कुल भर्ना समस्या बन्दै गएको छ । न त यी आमाको नागरिकता छ न यी आमाको विबाह र्दा अनि सामाजिक समस्याले भयावह रुप लिँदै गएको छ । त्यस्तै सानो उमेर विवाह गर्दा धुप्रै समस्य निम्तिएको छ । एक जना अर्की बालीका जसको उमेर २० वर्ष पूरा नहँुदै विवाह भयो । उनको २० पूरा नहुँदै कानूनी रुपमा पत्नि नहँुदै पारिवारिक झै–झगडा भयो अनि छुट्टिएर बस्न चाहन्छिन्, उनी अब यसको बाधक कानून भैरहेको छ । जहाँ कानूनी रुपमा पति पत्नी भैसकेका छैनन् र विवाह बदर हुन्छ भनिएको छ ।
अहिले यस्ता धुप्रै सामाजिक समस्या छन् । यता समाजमा विवाहको कुरा चलेर विवाह रोकियो भने कथित इज्यतको डर हेर्ने दृष्टिले जरा गडेर बसेको छ । विवाह हुन लाग्दा र भैसकेपछि सामाजीक रुपमा उसलाई स्वीकार गरिँदैन । त्यसैले पनि कोही बोलिरहेको अवस्था छैन । भागी विवाह अन्यथा नलागोस जनजातिमा बढी हुने गरेको पाइन्छ । प्रेमका कारण उमेर नपुगी भाग्ने हरुको हकमा बाउआमाले नचाहेपनि गरिएको विवाहले गर्दा विवाह मानिँदैन बदर हुन्छ भनेर फर्काएर घरमा ल्याउन सक्ने अवस्था छैन । केही दिन पहिला मात्र १५ वर्ष की बालिकाले भागेर विवाह गरिन्, परिवार खुसी छैन तर विवाह बदर गर्न भनी घरमा फर्काउन सक्ने अवस्था पनि छैन । कही कतै यस्तो समस्या बुझेर बिस पुगेपछि विवाह गरौँला । अहिले हजुरको छोरी र हाम्रो छोरा आफ्नोआफ्नो घरमा राखे पनि भागेकी छोरी घरमा राख्दा थुप्रै समाजिक लान्छना, यदि उमेर पुग्दासम्म केटोले वास्ता गरेन भने केटीको विवाहमा समस्या ऊप्रतिको सामाजिक हेराइका कारण पनि बालविवाह रोकिएको छैन ।
यसले सामाजिक रुपमा समस्या ल्याइरहेको छ । केही महिनाअघि मात्र एक यस्तो घटना बाहिर आयो की डेढ वर्ष अघि भागि विवाह गरे केटा केटीले करिव १ वर्षसँगै बसेपछि केटा र उसको परिवारले बुहारी मन पराउन छोडे अब सम्वन्ध विच्छेदको कुरा गर्छन् । दुवै जना उमेर नपुगेकाले विवाह बदर हुन्छ भनेको छ, कानूनले ऊ मेरो घरको सदस्य होइन भन्छन् । अब त्यो बेला त्यो केटी कहाँ जाने, यता भागेर गई भन्दा असन्तुष्ट परिवार छ उसको र बोलाएका पनि छैन । माइतीमा बसिहाले पनि उसलाई पहिले जस्तो सम्मान सत्कार दिइँदैन र हेराइ फरक पर्छ । समाजले उसलाई अनेक संज्ञा दिन्छ । अब उसको ‘नटेक्ने डालो छ न समाउने हाँगो’ यस्तो अवस्था के गर्ने भन्ने प्रश्न उब्जिएको छ समाजमा । यी र यस्ता घटना हेर्दा कानून र सामाजिक परम्परा बाँझिइरहेको छ ।
बालविबाह सामजिक अपराध हो र यसले समाजिक र आर्थिक अवस्थामा नकारात्मक असर पार्छ त्यसैले बालबालिकालाई बालविवाह रोकथामका बारेमा जनचेतना जगाउँदै जानुपर्छ । सरकारले नियममा कडाइ गर्ने समाज परिवार र स्वयम बालबालिकाको इच्छा शक्ति हुन जरुरी हुन्छ । बालविवाह सामजिक र कानूनी अपराध हो । सबै मिलेर यसको समस्या समाधान गर्नुको विकल्प छैन । स्वच्छ समाज निर्माणको लागि एक हुनु जरुरी छ र वालविवाह रोकौँ र समाज विकाससँगै राज्यले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने भनिएको छ ।
बालबालिका समाजका अतिनै संवेदनशील व्यक्ति हुन् । जबसम्म तिनीहरुको अधिकारको संरक्षण गर्न हामी सबैको कर्तव्य हो भन्ने अनुभूति हामी सम्पूर्णमा हुँदैन, तबसम्म बालविवाह अन्त्य हुन सक्दैन । तसर्थ हामी सबैले आ–आफ्नो ठाउँबाट लागि पर्न जरुरी छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाहमुक्त हाम्रो प्रदेश’ भन्ने मूल नाराका साथ अगाडि बढ्न आवश्यक छ र अभियान सञ्चालन गर्न जरुरी रहको छ ।
विवाह गर्न उपयुक्त समयका विषयमा बुझाउने यसको समस्या समाधानका उपायका बारेमा जनचेतना जगाउन जरुरी देखिन्छ । यसमा सम्बन्धित सबैको ध्यान जान आवश्यक छ । विवाह गर्न शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भइसकेको हुनुपर्छ, परिवारको जीवन यापनको लागि आयआर्जन गर्न सक्ने भएपछि मात्र विवाह युक्त उमेर मानिन्छ,आत्मनिर्भर परिपक्व र आत्मविश्वासी भएपछि आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएपछि । सुखी परिवारको लागि श्रीमान् –श्रीमतीबीच सहकार्य र समझदारी गर्न सक्षम भएपछि । पारिवारिक योजना बनाउन सक्ने भएपछि मात्र विवाह गर्नु पर्छ नत्र सम्बन्ध नटिक्ने वा त्यहाँनेर सुख र खुशी नहुन सक्छ । बालविवाहका नकारात्मक असरहरु थुप्रै छन्, जसको विषयमा समाज र बालबालिकालाई विद्यालयमा यस विषयमा पढाउन सके केही कम हुन सक्छ । शारीरिक, संवेगात्मक तथा मानसिक असर, किशोरीको स्वास्थ्यमा असर सामाजिक अपहेलना अध्ययनमा बाधा सानै उमेरमा घरायसी बन्धन जीवनयापनका लागि आर्थिक अभाव जस्ता समस्याहरु आउने गर्छन् । न्यूनीकरणका उपायहरु अपनाय बालविबाह कम गर्न सकिन्छ ।
बालबालिकाहरुको गुणस्तरीय शिक्षामा जोड दिएर, बालविवाहविरुद्ध समुदायमा बहस चलाई चेतना अभिवृद्धिमा जोड दिन पर्ने आवश्यकता रहेको, त्यसैगरी बालबालिकाको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाहरुमा बालविवाहले पर्ने असरका बारेमा जानकारी गराउने बालक्लब बाल सञ्जाल तथा साथीहरु बिच बालविवाह अन्त्य सम्बन्धी छलफल चलाउने, बालविवाहको असर सम्बन्धी जनचेतनामलक कार्यक्रमहरु संचालन गर्ने, बाल विवाह हुन लागेको जानकारी पाएमा नजिकको प्रहरीलाइ खबर गर्ने जस्ता कार्यहरुबाट समाजमा बालविवाह अन्य गर्न सकिन्छ ।