बन्दना पोखरेल
रामपुर, जेठ २६ । जिल्लाको निस्दी गाउँपालिकाका गरिब तथा विपन्न परिवारले बंगुरको पाठापाठी पाएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत आज पाठापाठी वितरण गरीएको छ । निस्दी गाउँपालिकाको वडा नम्बर ४ मित्यालको भिरपानी र ज्यामिरेको सिन्दुरेका गरिब तथा विपन्न परिवारलाई बंगुरको पाठापाठी बाँड्दै गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले आयआर्जनमा वृद्धि गर्न अनुरोध गरिन ।
उपाध्यक्ष अर्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवीलाल लामिछानेले कार्यक्रम सफलताको कामना गर्दै आयआर्जन वृद्धि गरी संबृद्ध बन्न सफलताको शुभकामना दिए । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ३५ घरपरिवारलाई आयआर्जनको लागि ७० वटा बंगुरको पाठापाठी दिएको निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम बहादुर मश्राङगीले बताए ।
निस्दीमा गत वर्षदेखि संचालन भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम गर्दै आएको सामाजिक परिचालक पुष्पा कुँवरले बताइन । ५ नम्बर प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, निस्दी गाउँपालिकाको आयोजना तथा पशु शाखाको सहजीकरणमा सहारा ग्रामीण विकास समिति मित्याल मार्फत कार्यक्रम सम्पन्न भएको हो ।