काठमाडौं, जेठ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १८७ जना डिस्चार्ज भएका छन् ।
संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो, थप २५० जनामा कोरोना संक्रमण
